

बुद्धजयन्तीमा चेम्बर अफ कमर्स बाणगंगाले रक्तदान कार्यक्रम गर्ने





हरि आचार्य, कपिलवस्तु । चेम्बर अफ कमर्स बाणगंगा (बाणगंगा ब्यापार संघ) को आयोजनामा वृहत रक्तदान, शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम हुने भएको छ ।
चेम्बर अफ कमर्स बाणगंगाको आयोजना, नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु लगायत विभिन्न संघ संस्थाको सहआयोजना, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा यहि बैशाख २२ गते बुद्धजयन्तीको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै सोहि दिन शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बाणगंगा १ वैरीयामा रहेको मायादेवी रिसोर्टमा आयोजना गरिएको अध्यक्ष धनु अधिकारीले जानकारी दिनुभयो ।
विशेष गरि रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएकोले कार्यक्रममा सम्पुर्ण अतिथिहरु रक्तदाताहरु, विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक, पत्रकार, सहयोगीहरु सम्पुर्णलाई बिहान ठिक ८ बजे उपस्थितीका लागि चेम्बर अफ कमर्स बाणगंगाका महा सचिव शान्तराज गैरेले अनुरोध गर्नुभएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया