
मजदुर दिवसमा नेकपा मसाल कपिलवस्तुद्धारा एक वर्षे ३ अभियानको घोषणा

गोरुसिंगे । नेपाल कम्युनिस्ट पार्टी (मसाल) कपिलवस्तु जिल्ला समितिले ऐतिहासिक तीन अभियानको उद्घाटन गरेको छ । आज १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर नेकपा मसाल र भातृ संगठन तथा मोर्चाहरुको उपस्थितिमा कपिलवस्तुको गोरुसिंगेमा आयोजित कार्यक्रमबाट केन्द्रिय सर्कुलर अनुसारको १ वर्षे कार्यक्रमको घोषणा गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद तारा थापाले ऐतिहासिक तीन अभियानले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने बताउनु भयो । उहाँले भन्नु भयो–‘ विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको अहम भूमिका छ । त्यसैले हामीले अहिले विश्वब्यापीरुपमा लेनिन स्मृति शताब्दी दिवस वर्षभरी मनाएर कम्युनिष्ट पार्टी र आन्दोलनलाई बलियो ने.क.पा मसालले ल्याएको योजना अत्यन्तै महत्वपुर्ण भएको भन्दै कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी, दक्षिपन्थी र संकीर्णवादी कोणबाट क्षति भएकोले त्यसबाट पनि कम्युनिस्ट आन्दोलनलाई जोगाएर अगाडि बताउनुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी एक वर्षको लागि ऐतिहासिक तीन अभियान अन्र्तरगत (नेपाल कम्युनिस्ट पार्टी स्थापन हिरक जयन्ती, लेनिन स्मृति सताब्दी दिवस र नवौं महाधिवेशन विशेष कार्यक्रम) को उद्घाटन गरेको हो । यो अभियानको दौरानमा विभिन्न, बौद्धिक, वैचारिक, सास्कृतिक, सृजनसिल कार्यक्रम गर्नुका साथै एक वर्षमा १५ हजार सदस्य बनाउने र १५० ओटा टोल समितिहरु निर्माण गर्ने योजना र जिम्मेवारी समेत तय गरेको छ ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष राम प्रसाद बेल्वासेले स्वागत मन्तब्यका साथ एतिहासिक तिन अभियानको सर्कुलर बाँचन गर्नुभएको थियो । केन्द्रिय परिपत्रको अखिल नेपाल किसान महासंघ अप्फा का केन्द्रीय उपाध्यक्ष शिव पौडेल , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य , अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रिय सदस्य केर सिंह अदै, अनेरास्ववियू छैठौ का केन्द्रिय अध्यक्ष देवेन्द्र कुँवर , अखिल नेपाल बुद्धिजीवी संघ कपिलवस्तुका सदस्य छन्द बहादुर के.सी लगाएतले मसालले घोषणा गरेको वार्षिक तिन अभियानलाई सफल पार्ने जनाउदै ‘श्रमीक दिवस मनाइरहँदा श्रमिकका लागि अनुकूल श्रम वातावरण,उचित पारिश्रमिक,क्षमता बमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षाल गायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार औंलाएका थिए । सो क्रममा मजदुर शहिद मित्रमणी आचार्य प्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कालाकारहरुले विभिन्न सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया