

रुपन्देहीमा विष्णु पौडेलसहितका उमेद्धारहरुले बुझाए चुनावी खर्च विवरण



रुपन्देही । मंसिर ४ मा भएको संघीय तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट रुपन्देहीमा उम्मेदार बनेका नेताहरूले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन् । केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, प्रदेश सदस्य वासु घिमिरेले खर्च विवरण पेश गरेका हुन् । उनीहरू तीनैजना विजयी भएका थिए । प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदारमध्ये पराजित उम्मेदवारको खर्च विजेताभन्दा बढी देखिएको छ ।
रुपन्देही २ बाट निर्वाचित पौडेलले निर्वाचनमा २२ लाख ४५ हजार ८ सय ७६ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, छापा एपं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविध १० हजार खर्च भएको उल्लेख छ ।
नेकपा एमाले रुपन्देहीले सोमबार तिलोत्तमाको कोटिहवास्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरूको खर्च विवरण सार्वजनिक गरेको हो ।
त्यस्तै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले निर्वाचनमा १९ लाख ९७ हजार १ सय ३७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । विश्वकर्मा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसैगरी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य वासुदेव घिमिरेले २७ लाख ८९ हजार ५ सय २० खर्च भएको विवरण बुझाएका छन् । घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधीराम न्यौपानेले २ लाख ६३ हजार ९ सय २०, २ को १ बाट उम्मेदवार लिला गिरीले र २ लाख ४८ हजार ७ सय ५०, २ को २ बाट उम्मेदवार भोजप्रसाद श्रेष्ठले १३ लाख ८९ हजार ७ सय ४१ र ३ को २ बाट उम्मेदवार तुलसीप्रसाद चौधरीले २ लाख ९३ हजार १ सय ७४ खर्च भएको विवरण बुझाएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर ४ को १ बाट उम्मेदवार सुनिलकुमार गिरीले १ लाख १० हजार, ५ को १ बाट उम्मेदवार भूमिश्वर ढकालले ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ ९२० बाट उम्मेदवार भएका रामचन्द्र यादवले ५ लाख ५३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए ।
एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निर्वाचन आयोगमा बुझाइएको उम्मेदवारहरुको निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको बताए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया