

रविले आफ्नै रेकर्ड ब्रेक गरे





काठमाण्डौ । उपचुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० झन् बलियो बनेको छ । यसअघि संसदमा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अब २१ सिट हुने भएको छ ।
नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएर सभापति रवि लामिछानेको सांसद पद गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टी १९ सिटमा सीमित थियो तर यो उपचुनावमा उसले एक सिट थपेर २१ सिट पुर्याएको छ ।
चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले यसअघिको आफ्नै रेकर्ड समेत तोड्नुभएको छ । गएको मङ्सिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार तीन सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार एक सय ७६ मत पाउनुभएको छ । उहाँले अहिले मङ्सिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गर्नुभएको हो ।
चितवनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय ५१ मत ल्याउनुभयो । गएको मङ्सिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएकोमा यस पटक उसले झन्डै चार हजार मत गुमाएको छ ।
यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३५ पाउनुभयो । गएको मङ्सिरमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय मत ल्याएकोमा अहिले एमालेको ३६ सय मत गुमेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक मतान्तरको जित निकाल्दा डाक्टर स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर –१ मा विजय हासिल गर्नुभयो । चैत १५ गते नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका वाग्लेले तनहुँ–१ मा लोकप्रिय मानिएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २५ दिनकै प्रयासमा १४ हजार सात सय ९७ मतान्तरले हराउनुभयो । वाग्लेले ३४ हजार नौ सय १९ मत पाउनुभयो ।
यसअघि गएको मङ्सिरमा भएको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार छ सय ६१ मत ल्याएर विजयी हुनुभएकोमा अहिले गोविन्द भट्टराईले २० हजार एक सय २२ मतमात्रै ल्याउनुभयो । चार महिनामा कांग्रेसले तनहुँमा पाँच हजार पाँच सयभन्दा धेरै मत गुमायो ।
यस्तै यसअघिको चुनावमा एमालेका उम्मेदवार एकबहादुर रानाले तनहुँ–१ मा १९ हजार नौ सय ८१ मत ल्याएर दोस्रो स्थानमा रहँदा अहिले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललले जम्मा आठ हजार चार सय ४८ मतमात्रै ल्याउनुभयो ।
तनहुँ–१ मा एमालेले चार महिनामै ११ हजारभन्दा धेरै मत गुमायो । तनहुँमा गएको मङ्सिर ४ गते भएको चुनावमा छ हजार ४४ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनामै २८ हजारभन्दा धेरै मत थपेको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया