

अक्षय तृतीयाको अवसरमा कपिलधाममा तीन दिने विविध कार्यक्रम संचालन





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल कपिलधाममा अक्षय तृतीयको अवसरमा तीन दिने कार्यक्रम संचालन गरिएको छ । शनिबार (आज) देखि सुरु भएको उक्त कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान सहित विभिन्न तीन दिने कार्यक्रम सचालन गरिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
कपिलधामको स्थापना वर्ष देखि नै संचालन गर्दै आएको उक्त कार्यक्रम शनिबार दखि सुरु भएर बैशाख ११ गते सोमबार समापन गर्ने तालिका अनुसार कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो ।
आज बिहान ८ बजे देखि बिहान ९ बजे सम्म वैदिक मन्त्रद्धारा रुद्राभिषेक, हवन, तर्पण माजन गरिएको छ भने भोली आइतबार बिहान ७ बजे देखि बिहान ९ बजे सम्म यज्ञद्धारा वैदिक कृषिविधि, भूमिपूजन गरी जडिबुटीजन्य बेसार खेतिको प्रारम्भ गर्ने तयारी छ । यस्तै दिउसो १२ बजे सम्म भक्तजन तथा आगन्तुक यात्रीहरुलाई सर्वत तथा सातुको प्रसाद वितरण गरिने समेत जनाइएको छ । भोली नै दिउसो तीन बजे पछि अक्षय तृतीयको महिमा बारे प्रवचन हुने छ ।
यस्तै कार्यक्रमको अन्तिम दिन सोमबार यस क्षेत्रका विद्धत्त व्यक्तिहरुको भेला गरी वैदिक सनातन धर्मको संरक्षण प्रर्वद्धनका लागि बिहान ११ बजे देखि दिउसो १ बजे सम्म् सत्संग कार्यक्रम गरिने धामका अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । यस्तै उहाँले उक्त कार्यक्रममा उपस्थित हुन समेत आह्वान गर्नुभएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको धार्मिक वन अन्र्तगत कपिल आरोग्य मन्दिर कपिलधाम वि.सं. २०६८ सालमा संरचनाविहिन अवस्थामा स्थापना भएको थियो । स्थापनाकाल दखि अहिले सम्म उक्त धाममा विभिन्न भौतिक पूर्वाधारको विकास भएको छ भने आन्तरिक पर्यटकको समेत रोजाइको केन्द्र बन्दै गएको छ ।
अहिले उक्त धाम क्षेत्रमा १०८ शिव लिङ्गसहित सप्तऋषि, राधाकृष्ण मन्दिर, शिव मन्दिर, विश्वकर्मा मन्दिर, दुर्गा मन्दिर लगाएत गरी दर्जन बढी मठहरु निर्माण भएका छन् । यस्तै कपिलधाममा २ सय जना मानिसलाई एक साथ बस्न मिल्ने ध्यान केन्द्र बनाइएको छ भने साहित्य तिर्थमा शालिकहरु निर्माण भएका छन् । उक्त शालिकको संख्या १०८ पु¥याउने धामको लक्ष्य रहेको छ । हाल उक्त क्षेत्रमा २२ वटा शालिक निर्माण भइसकेका छन् ।
यस बाहेक धाम क्षेत्रमा कपिलप्रज्ञा पुस्तकालय, बाल उद्यान, गर्ग उद्यान, प्राकृतिक चिकित्सालय, गुरुकुलम समेत संचालन गरिएको छ । धाम भित्रै थाणू तिर्थ जलाशय समेत रहेको छ भने गौशाला बनाएर गाइ पालन समेत गरिएको छ ।
स्थापना समय देखि नै धामको नेतृत्व वडा नम्बर ९ का स्थानीय समेत रहनुभएका शंकर प्रसाद अचार्यले गर्दै आउनुभएको छ । यहाँको विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकार लगाएत विभिन्न निजि क्षेत्रसँग समेत सहकार्य गरी काम भइरहेको उहाँले बताउनुभएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया