

कपिलवस्तुको विजयनगरमा २६ घरगोठ जलेर नष्ट





कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन । गाउँपालिको वडा नम्बर ५ सिसवामा बिहीवार बिहान ११ बजेदेखि सुरु भएको आगो ३ घन्टा पछि नियन्त्रणमा आएको वडा अध्यक्ष अनवर मुसलमानले बताए । फुसको ९ ओटा घर पूर्ण, १७ ओटा आंशिक गरि २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
आगोले खाद्यान्न लत्ताकपडा कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परि एउटा पाडो जलेर मरेको उनले बताए । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए ।
कुसुम पासिको घरवाट सुरुभएको आगोले गाउमा भएका फुसका घरगोठ जलेका हुन । आगलागीका कारण १ करोड भन्दा बढीको क्षेती भएको वडा अध्यक्ष मुसलमानले बताए ।
आगलागीको कारण अहिले खुल्न सकेको छैन ।
शिवराज नगरपालिका कृष्णनगर नगरपालिका प्रहरी सशस्त्र प्रहरी जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो । आगलागी स्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी यादव पुगेका थिए । अग्निपीडितको लागि राहत व्यवस्थापन गर्ने यादवले बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया