

गुल्मीका स्थानीयले पाए राष्ट्रिय परिचयपत्र



गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका राष्ट्रिय परिचयत्रको वितरण कार्य सुरु भएको हो । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ३२ गतेबाट सुरु गरिएको थियो । संकलित विवरण अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सर्वसाधारणको लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको हो ।
जिल्लामा २०७७ माघ १० गते तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचयपत्र दिएर वितरण सुरु गरिएको थियो । तर सर्वसाधारणको लागि भने वितरण गरिएको थिएन । विवरण दर्ता गराएको झण्डै ४ वर्षपछि मात्रै सर्वसाधारणले राष्ट्रिय परिचयपत्र पाउन थालेका हुन् । सर्वसाधारणले पहिलोपटक डिजिटल प्रविधिको परिचयपत्र पाएपछि स्थानीय खुसी छन् ।
परिचयपत्रको प्रयोग सबै ठाउँमा हुनुपर्ने परिचयपत्र लिन आएकी रञ्जना अर्यालले बताइन । यो परिचयपत्र बहुउपयोगी भएकाले निकै महत्वपूर्ण भएको उनले बताइन । गुल्मी जिल्लामा स्थानीय तहमा पुगेर १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका दर्ता संकलन अपरेटर सुनिता कँडेलले बताइन् ।
जिल्ला प्रशासन कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा हालसम्म ४४ हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् । जसमध्ये ८ हजार ७४ जनाको परिचयपत्र बनेर आएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । पहिलो चरणमा स्थायी स्टेशनबाट ल्याइएका विवरणहरुको कार्ड बनेर आएकाले वितरण भइरहेको पाठकले बताए ।
प्रशासन कार्यालयले दैनिक ५० जनाका दरले वितरण गर्न थालेको प्रशासन कार्यलयले जनाएको छ । राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनु पर्ने प्रमुख जिल्ला अधिकारी पाठकले बताए । राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया