

भलवाडका नदीजन्य पदार्थमा बेथितिः लागेन ठेक्का, बढ्यो चोरी





भुपाल थापा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कोईली र धिरि खोलामा बिगत २ बर्षदेखि ठेक्का नलाग्दा राजश्वमा भारी मात्रामा गिरावट आएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० मा नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि चार पटक ठेक्का आह्वान ग¥यो तर कोईली र घिरि खोलामा बाहेकका घाटको नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का प¥यो ।
चारपटक सम्म पनि आह्वान गर्दा समेत ठेक्का अझै सम्म सम्झौता भएनन्् । नदी तथा खोला क्षेत्रमा दिनहुँ चोरी निकासी भइरहे पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ चाँसो छैन् । चोरी निकासी बढिरहँदा स्थानीय सरकारले खोलेको ठेक्का समेत लागेको अवस्था छैन् । नदीजन्य पदार्थ चोरी भएर राजश्व गुमिरहेको छ भने अर्कोतर्फ स्थानीय सरकारको आम्दानीको स्रोत पनि घटेको छ ।
यहाँका मधुवन नाका, धनेशपुर र बनकसिया नाकामा मात्रै ठेक्का लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल बताउँछन् । पाँचवटा नाका मध्ये २ वटा नाकामा ठेक्का लगाउन प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन गरिएको थियो । सोही आधारमा सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का आह्वान गरिएको हो । तर ठेक्का पर्न मुस्किल प¥यो, उनले भने ।
बाणगंगा नगरपालिकाको क्षेत्रभित्र रहेका कोईली र धिरि खोला क्षेत्रमा बालुवा र ढुंगा चोरी भई नदीजन्य पदार्थ नै नभएको भन्दै प्रस्ताव नआएको दाबी गरिएको छ तर, चोरी निकासी भइरहेकाले कसैले पनि ठेक्का हाल्न तयार नभएको देखिन्छ । ‘हामीले त ठेक्का आह्वान ग¥यौं तर, उक्त नाकामा एउटा पनि प्रस्ताव आएन’– नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीले भनिन्– ‘चोरी निकासी भइरहने तर पालिकाले लगाएको ठेक्का नपर्ने स्थिति बन्न थाल्यो ।’
घिरि खोला (नगरपालिकाको सूचनामा उल्लेख नाम) अर्थात धिरि खोला अन्र्तगत आर्थिक बर्ष २०७८/०७९ मा पश्चिम जिनुवा पुल तलको क्षेत्र, श्री राम नि.मा.वि. क्षेत्र, बक्सिसपुर क्षेत्र, कालिका सामुदायिक वन, सालघारी टोल क्षेत्र गरि उत्खनन् क्षेत्रहरुमा बिक्रिका लागि तोकिएको बार्षिक परिणाम ४४,०३८ घनमिटर रहेको थियो । उक्त परिणामको लागि मुल्य अभिवृद्धि कर बाहेक न्यूनतम अंक १ करोड २४ लाख ३६ हजार ३९६ रुपैयाँ निर्धारण नगरपालिकाको नवौं नगरसभा अधिवेशन दोस्रो बैठकले निर्णय समेत गरेको थियो ।
यस्तै, कोईली खोलाको खोजीपुर क्षेत्रमा पनि आर्थिक बर्ष २०७८/०७९ मा बिक्रीका लागि तोकिएको बार्षिक परिणाम २४,०२२ घनमिटर निर्धारण गरिएको थियो । उक्त परिणामको लागि भ्याट बाहेक न्यूनतम अंक ६७ लाख ८५ हजार ७३५ रुपैयाँ उक्त बैठकले तोकेको थियो ।
उता, आर्थिक वर्ष २०७८/७९ मा समेत ठेक्का आह्वान गरिए पनि ठेक्का सम्झौता हुन सकेको थिएन् । २०७८ असोज २५ गते प्रकाशित सूचनामा १९/७८–७९ कोईली खोला र २०/७८–७९ घिरि खोलाको ठेक्का आह्वान गरिएको थियो ।
यो बर्ष मात्रै तीनपटक ठेक्का आह्वान
यो बर्षमा मात्रै तीनपटक ठेक्का आह्वान गरिएको छ । तर अहिले सम्म पनि यी नाकामा ठेक्का सम्झौता हुन सकेन् । २०७९ पुष ४ गते कोइली खोला र घिरि खोलाको नदीजन्य पदार्थको उत्खनन्का लागि ठेक्का आह्वान गरेको थियो । यस्तै २०७९ माघ २३ गते कोइली खोला र घिरि खोलाको नदीजन्य पदार्थको उत्खनन्का लागि पुनः ठेक्का आह्वान गरेको थियो । २०७९ फागुन २१ मा नगरपालिकाको करार प्याकेज नं. ४२/७९–८० मा कोइली खोला र ४३/७९–८० मा घिरि खोलाका लागी नदीजन्य पदार्थको उत्खनन्को ठेक्का आह्वान नगरपालिकाले गरेको थियो ।
कोईली र घिरि खोलामा ठेक्का लगाउन चाहाने ठेकेदारले नाकामा एक्साभेटर लगाएर खोलाको उत्खनन् गर्न पाउनुपर्ने माग तेस्राएपछि ठेक्का सम्झौता हुन नसकेको श्रोतको भनाइ छ । नगरपालिकाको वडा ९ का यी दुई नाकामा ठेक्का नलाग्दा आन्तरिक राजश्वमा गिरावट आएको छ नै, त्यसमाथि चोरी निकासी समेत बढ्दै गएको छ ।
पटक–पटक प्रस्ताव आह्वान गर्दा पनि ठेक्का नलाग्दा समस्या आएको नगरपालिकाको पूर्वाधार बिकास शाखाको भनाइ छ । यद्यपि, धिरि खोलाको ठेक्का आह्वान पश्चात सम्झौता प्रक्रियामा रहेको नगरपालिकाका इन्जिनियर सुरज घिमिरेले बताए । प्रयाप्त परिणाम समेत खोलामा नरहेकाले निर्धारित राजश्व संकलनमा संकुचन आउन सक्ने उनको धारणा छ ।
भलवाडका ट्याक्टर ब्यवसायीको सिण्डिकेट
भलवाड क्षेत्रमा करिब ५० भन्दा बढि ट्याक्टर ब्यवसायी रहेका छन् । उक्त नाकाहरुमा ती ब्यवसायीहरुको एकल सिण्डिकेट लागू गर्दा ठेक्का हुन समस्या रहेको ठेकेदारहरुको भनाइ छ । कोईली खोलामा ठेक्का सम्झौता गरि काम गरेको ढोरपाटन कन्ट्रक्सनका मुख्य संचालक सुरेन्द्र कुमार बुढाले कोईली खोलामा काम गर्न निक्कै असहज रहेको प्रतिक्रिया दिन्छन् । सोहि कन्ट्रक्सनका संचालक भरत कुमार कार्की समेत उक्त नाकाबाट मोटो रकम कुम्ल्याएर हालसम्म फरार रहेका छन् । भलवाड क्षेत्रका प्रत्येक घरमा नेता हुने कारण पनि ठेकेदारलाई काम गर्न असहज भएको, काम गर्ने वातावरण नभएको संचालक रविन न्यौपाने स्वीर्काछन् । उत्खनन् देखि डम्पिङ सम्म तोकिएको मापदण्ड भन्दा अधिक रकम माग गर्ने कारण पनि समस्या रहेको बताइन्छ । भलवाडमा ट्याक्टर ब्यवसायीको सिण्डिकेटका कारण झन् काम गर्न असहजता पैदा भएको बुझिएको छ ।
यता वडाध्यक्ष कमल पौडेलले कोईली खोलाको ठेक्का नलाग्नुका मुख्य कारण नदीजन्य पदार्थको कमी हुनु नै रहेको बताए । बर्दहवा औद्योगिक ग्रामका अगाडि थोरैमात्र नदीजन्य पदार्थ रहेको दावी गर्दै कोईली खोलामा टेण्डर प्रक्रियाको आह्वान हुन नसकेको पौडेल बताउँछन् । धिरि खोलाको आइईई प्रतिवेदन गर्दा बस्ती बचाउनका लागि पनि उक्त खोलामा ठेक्का आह्वान हुन नसकेको हुनसक्ने उनले जनाए । यद्यपि धिरि खोलामा टेण्डर आह्वान भएर सम्झौता प्रक्रियामा रहेको उनको जिकिर छ ।
ठेक्का लगाएका नाकामा पनि बेथिति
बाणगंगाका अन्य ठेक्का लागेका नाकामा समेत प्रभावकारी अनुगमन नहुँदा ठेक्का लागेका नाकामा समेत बेथिति देखिएको छ । नगरपालिका अन्र्तगतका केही नाकाहरुमा नगरले तोकेको मापदण्ड भन्दा बढी निकासी र कर छली हुँदा समेत नगरपालिका खबर पाएर पनि बेखबर जस्तै बनेको छ । यस अगाडी भन्दा यस वर्ष नगरका ठेक्कामा भारी अंकमा राजश्व गिरावट समेत देखिएको छ ।
लुम्बिनी दर्पणमा प्रकाशित


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया