शिक्षा पुर्ण निःशुल्क हुदैन, सक्नेले पैसा तिरेर पढाउनुपर्छ : थानेश्वर घिमिरे

रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा स्थित अन्नपूर्ण बिद्या मन्दिर माध्यमिक बिद्यालयमा बिहिबार २१औं बार्षिकोत्सव ,नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले शिक्षा पुर्ण रूपमा निःशुल्क नहुने जिकिर गरेका छन् । उनले भने, “मेरो मान्यता त के हो भने सक्नेले बालवालिकालाई पैसा तिरेर पढाउनु पर्छ । नसक्नेलाई शिक्षाको मूलधारमा ल्याउनका लागि राज्यले विभिन्न व्यवस्था गर्नुपछ ।”

यस्तै २१औं बार्षिकोत्सव कार्यक्रममा बोल्ने बक्ताहरूले बिद्यालय परिवार र अभिभावक बिच नङ्ग र मासुको सम्बन्ध हुनुपर्ने बताउदै बिद्यालयको भौतिक ,शैक्षिक ,विभिन्न क्रियाकलापहरूको प्रशंसा गर्दै बिधालयको उज्ज्वल भविष्य सहित प्रगतिको शुभकामना दिएका थिए।

सो अवसरमा बिद्यालयले विभिन्न विद्यालयका कार्यरत महिला प्रधानाध्यापकहरुलाई सम्मान समेत गरेको छ । श्री झण्डा मा.बि.की प्रधानाध्यापक कृष्ण टण्डन, महेन्द्र मा.बि.कोपवा कि प्रधानाध्यापक तनु श्री भण्डारी ,ओदारी मा.बि.कि प्रधानाध्यापक मिना चौधरी , ज्ञानोदय आधारभुत बिधालय कि प्र अ.कमला गिरी र सिमलखोर प्रा.बि.कि प्र.अ.गिता पोख्रेललाई मायाको चिनो सहित सम्मान प्रदान गरिएको हो ।

यसै गरि बिद्यालयलाई २ लाखको अक्षय कोषको स्थापना गरि पठनपाठनमा सहयोग पु–याएको भन्दै बिष्णुदेवी भुसाललाई पनि सम्मान गरेको छ । सो अवसरमा बिद्यालयले बालबालिकाहरूलाई मोबाइलको दुरुपयोगबाट बच्ने उपायहरूको बारेमा सन्देशमुलक नाटक समेत प्रस्तुत गरिएको थियो । बाणगंगा शिक्षा शाखाका प्रमुख खिमबहादुर जि.सी. बिधालयका निवर्तमान प्रिन्सिपल प्रेमी टीकाराम पौडेल ,बुद्ध शान्ति ई.बोडिङ स्कुल कुस्माका प्रिन्सिपल नारायण प्रसाद पौडेल लगाएतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,विभिन्न संघसंस्थाका पदाधिकारी , सञ्चालक समिति ,अभिभावक ,समाजसेवी लगाएतको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा बिद्यालयमा अध्ययनरत मन्टेश्वरी देखि कक्षा ९सम्मका बिद्यार्थीहरूको नतिजा प्रकाशन गर्दै विभिन्न क्रियाकलापमा सफल भएकाहरूलाई मेडल सहित स्थान अनुसारको पुरस्कार बितरण गरेको छ ।
कार्यक्रम दुनिका प्रसाद भुसालको अध्यक्षता र ब्यवस्थापक कपिल घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै