

सामुदायिक वन उपभोक्ता महासंघ बाणगंगाको अध्यक्षमा गुरुङ





कपिलवस्तु । सामुदायिक वन उपभोक्ता नगर महासंघ बाणगंगाको दोस्रो अधिवेशन विभिन्न महत्वपुर्ण निर्णयका साथ सम्पन्न गरेको छ । बाणगंगा ७ बनगाईमा सम्पन्न अधिवेशनले ४ जना पछि मनोनित गर्नेगरि लेम बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नगर महासंघ बाणगंगा गठन भएको छ ।
जसको उपाध्यक्षमा मीना पौडेल, सचिवमा गीता रेग्मी, कोषाध्यक्षमा मन्जु महत्रा त्यसैगरि सदस्यहरुमा पदम बेल्बासे, हुमा सारु, पबित्रा बेल्बासे, तुल्सा पाण्डे र गीता शर्मा सर्वसम्मत रुपमा चयन भएका छन । नगर महासंघ अन्तर्गत बाबुराम बस्नेतको संयोजकत्वमा लेखा समिति गठन गरेको छ जसको सदस्यहरुमा जितमान विक र बिष्णु तिवारी रहेका छन । त्यस्तै खड्क बहादुर थापाको संयोजकत्वमा न्यायिक समिति चयन गरिएको छ जसको सदस्यमा गंगा शिलवाल रहेका छन ।
नयाँ समितीलाई महासंघ केन्द्रिय सदस्य बालिका बुढाथोकीले शपथ ग्रहण ख्वाएका थिए । नवगठित समितीका अध्यक्ष गुरुङले नगर अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै महासंघलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट गरिएको छ । जसमा शान्ता केसी, मान बहादुर कार्की, धुर्व बेल्बासे, लक्ष्मी दर्जी, कमला परियार र बेदुराम पोख्रेल रहेका छन ।
त्यस्तै प्रदेश अधिवेशनका लागि पनि हुमा अधिकारी, लक्ष्मण खड्का, हुमनाथ भट्राई, उमेश चन्द्र पौडेल, जानकी चौधरी, पुर्णकला भट्राई गरि ६ जना प्रतिनिधि छनौट गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष तथा बाणगंगा नगर निवर्तमान अध्यक्ष हुमनाथ भट्राईले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघ केन्द्रिय सदस्य बालिका बुढाथोकी, प्रदेश सदस्य हुमा अधिकारी, जिल्ला उपाध्यक्ष बलराम भुसालको साझेदारी वनका सदस्य भिम बहादुर थापाको सहभागिता रहेको कार्यक्रम नगर सदस्य दुर्गा प्रसाद पौडेलको सहजीकरणमा भएको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया