

बैकल्पिक राजनीति पुनःगठन अभियानको सर्वपक्षीय बैठक, वैकल्पिक शक्तिहरु एउटै छातामुनि उभिनुपर्ने निश्कर्ष





काठमाडौ । बैकल्पिक राजनीति पुनःगठन अभियान ,नेपालको आयोजनामा आज काठमाडौंमा बसेको सर्बपक्षिय बैठकले देशमा राज्य, राजनैतिक दल र कर्मचारी तन्त्र योजनाबद्ध ढङ्गले सिन्डिकेटको माध्यमबाट लुटपाटमा उत्रिएकोले नागरिक जीवन झनपछि झन कष्टकर बन्दै गएको निश्कर्ष निकालेको छ । यस्तै उक्त बैठकले देशको अर्थतन्त्र अहिलेसम्मकै सबैभन्दा खराब अबस्थामा रहेको ,राष्ट्रियता ,जनतन्त्र र जनजिबिकाको सबाल पेचिलो बनेकोले आफू लाई नयाँ र बैकल्पिक भनिने दल र समूह एउटै छातामुनी गोलबन्ध भएर संयुक्त संघर्षमा उत्रनु पर्ने निष्कर्षमा पुगेका छन ।
उक्त बैठकमा देशका ठुला साना दुई दर्जन बढी दल÷ समूह र ब्यक्ति बिशेषको उपस्थिति रहेको बैकल्पिक राजनीति पुनः गठन अभियान ,नेपालका केन्द्रीय कार्यदल सदस्य जाबेद इकबालले जानकारी गराउनु भएको छ । बैठकमा बिबेकशिल साझा पार्टीकि अध्यक्ष समिक्षा बासकोटा, महासचिव रन्जु दर्शना , स्थापक नेता केसब दहाल ,नागरिक उन्मुक्ति पार्टीका बिद्रोही नेता डा. सुरेन्द्र चौधरी ,राजनैतिक बिश्लेषक मुमाराम खनाल , लोसपा नेपालका केन्द्रीय सदस्य केसब झा , राष्ट्रिय संकल्प अभियानका नेता हेमराज भण्डारी, तत्कालीन बिबेकशिल साझा पार्टीका पुर्ब अध्यक्ष मिलन पाण्डेको समेत उपस्थिति रहेको थियो ।
बैठकले आजै प्रगतिशील लोकतान्त्रिक मोर्चा बनाउने र त्यसको माध्यमबाट देशै भरी आन्दोलनका कार्यक्रम घोषणा गर्नका लागि थप तयारी गर्ने बुझिएको छ । बैठकको सहजीकरण डम्बर खतिवडा ,प्रशान्त सिंह र असोक श्रेष्ठले गर्नु भएको जनाइएको छ ।
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजबादी पार्टीको केन्द्रीय सदस्य पद बाट राजिनामा दिएका डां मदन राई डम्बर खतिवडा ,प्रशान्त सिंह ,असोक श्रेष्ठ र नारायण खनाल लगायतका नेताहरु यतिबेला देशमा बैकल्पिक राजनितीको एउटै केन्द्र बनाउने उदेश्य लाई ध्यानमा राखेर सबै संँग सार्थक सहजिकरण गरिरहनु भएको राजनैतिक बिश्लेषकहरु बताउछन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया