

जनसेवा आधारभूत विद्यालयमा नतिजा प्रकाशन सहित शिक्षक सम्मान गरियो





कपिलवस्तु । कपिलवस्तुको बाणगंग नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा वार्षिक नजिता प्रकाशन, अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती थापाको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले सामुदायिक विद्यालयको विकासका लागि नेपाल सरकारको लगानी धेरै रहेकाले त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।उहाँले आफू विद्यालयको भिभावक समेत रहेकाले यहाँको चौतर्फी विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । अभिभावकहरुले विद्यालयमा आफ्नो बच्चाको गतिविधिबारे जानकारी लिने र परिवारमा पनि बालवालिकाको शिक्षाका लागि समय दिन आवश्यक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा वडा सदस्य शैलेन्द्र बेल्वासेले वडा नम्बर ८ मा रहेका आधारभूत तहका विद्यालयको शिक्षा समान प्रकृतिको बनाउन र शिक्षामा एकरुपता कायम गर्न रणनिति बनाइरहेको भन्दै यहाँको शिक्षालाई गुणस्तरीय बनाउने र विद्यालयको विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्थनीय समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रबिराज आचार्यले विद्यालय बन्ने र बिग्रनुमा समग्र व्यवस्थापन समिति, शिक्षक र सिँगो समुदाय भागिदार हुनुपर्ने बताउनुभयो । विद्यालय बनाए सबै पक्षले जस लिने र बिगारे एउटा क्षेत्रलाई दोष लगाउने परिपाटि गलत रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा जनसेवा आधारभूत विद्यालयमा गठित टिका स्मृती अक्षकोषका संचालक टोपनारायण बेल्वासे, बाणगंगा मावि लौगाइका प्राचार्य कुलराज पाैडेल, पूर्व शिक्षक गिता बन्जाडे लगाएतले सम्बोधन गर्नुभएको थियो ।
विद्यालयका शिक्षक झविन्द्र प्रसाद न्यौपानेको स्वागत, शिक्षक बिनोद पुनद्धारा नतिजा प्रकाशन, शिक्षक भानुप्रकाश आचार्यद्धारा नजिता सार्वजनिकिकरण र शिक्षक राजेन्द्र खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयाे ।
विद्यालयले शैक्षिक सत्र २०७९ को वार्षिक नतिजा प्रकाशन गरी विद्यार्थीहरुलाई तहगत र कक्षागत पुरस्कार वितरण गरेको छ भने लक्षित वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको छ ।
यसैबीच विद्यालयमा लामो समय कार्यरत रही अवकास तथा सरुवा भएका दुई शिक्षकहरुलाई सम्मान समेत गरिएको छ । शिक्षक डिलबहादुर कडेल र गिता बन्जाडेलाई विद्यालयले सम्मान गरेको हो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प














प्रतिक्रिया