

बाणगंगाका विद्यालयलाई गुणस्तरीय शिक्षा आर्जन गर्ने संस्थाकाे रूपमा बिकास गर्न सकिन्छ : मेयर अर्याल


रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगंगाका विद्यालयलाई गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोका रुपमा विकास गर्न सकिने बताएका छन् ।
श्री लक्ष्मणघाट माध्यमिक बिद्यालय बाणगंगा नगरपालिका ६ कपिलवस्तुकाे अभिभावक दिवस,नतिजा प्रकाशन तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै बाणगंगा नगरपालिकाका प्रमुख अर्यालले सामुदायिक बिद्यालयका भौतिक पुर्वधार निर्माण पश्चात् बालबालिकाकाे आकर्षण बढेकाे बताउदै बिद्यालयलाई गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने संस्थाको रूपमा बिकास गर्न सकिने र बिद्यालय सबैकाे सहयोगमा चल्ने भएकोले सबैलाई सहयोग गर्न आग्रह गर्दै नगरबाट हुने सहयोगमा कमी नरहने प्रतिबद्धता जनाएका हुन ।
त्यस्तै :बि.व्य.समितिका पुर्व अध्यक्ष खनालले बिद्यालयकाे प्रगति ,उन्नति सहित कृषि बिज्ञानकाे आवश्यक रहेको बताउदै उच्च शिक्षा स्थापित गर्न सबैलाई सहयोग गर्न आग्रह गरे। साे अवसरमा बिद्यालयले निवृत्त शिक्षक ,शिक्षिकिहरूलाई १/१थान करूवा सहित खादा र सम्मान पत्रले सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरूमा निवर्तमान प्र.अ.धर्मराज भुसाल ,गुनाराम गिरी ,शिक्षिका कुमारी थापा र शिक्षक कृष्णबहादुर क्षेत्री रहेका छन् ।
सम्मान ग्रहण गर्दै प्र.अ.भुसालले आफु सेवा निवृत्त भए ता पनि बिद्यालयप्रति चिन्ता ,चासो भएकोले सक्दाे सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बिद्यालयले बार्षिक नतिजा प्रकाशन गर्दै कक्षामा प्रथम ,द्वितीय तृतीय र सान्त्वना सथान हासिल गर्नेहरूलाई स्थान अनुसारकाे पुरस्कार समेत बितरण गरेको छ।
हुमनाथ भट्टराईकाे अध्यक्षता ,प्रसाशकीय अधिकृत खिमानन्द भुसालको विशिष्ट आतिथ्यता ,ब्यवस्थापन समितिका पदाधिकारी ,वडा न.६मा जनप्रतिनिधि ,बिद्यालयका शिक्षक कर्मचारी । समाजसेवी ,बुद्धिजीवी लगाएतकाे सक्रिय सहभगिता रहेको कार्यक्रममा प्र.अ.कविराज भण्डारीले कार्यक्रमकाे उद्वेश्य माथि प्रकाश पार्नु भएको थियो भने चेतनाथ पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया