

भलवाडमा बन्यो अस्थायी प्रहरी पोष्ट, बसेनन् प्रहरी





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा स्थानीयहरुको लामो समयको माग पछि केही महिना अघि प्रहरी पोष्ट स्थापना गरियो । उक्त पोष्टको नाम अस्थायी प्रहरी पोष्ट राखियो । स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरुले आर्थिक लगानी गरे भने स्थानीय एक व्यवसायीले रङरोगन गरे । तर प्रहरी पोष्ट बनेको लामो समय बितिसक्दा समेत उक्त पोष्टमा प्रहरी भने बस्दैनन् । जसका कारण पोष्ट बन्नु र नबन्नुको कुनै अर्थ नभएको सहयागदाताहरुको भनाई छ ।
भलवाडको जिनुवा स्थित खोजिपुर सामुदायिक वनका अध्यक्ष दिपक कुमार थापाले वनहरुको आर्थिक लगानीमा पोष्ट बनाए पनि अहिले प्रहरी नबस्दा पोष्ट बनाउनुको अर्थ नभएको बताए ।
भलवाडमा एक प्रहरी चौकीको आवश्यकता महशुस गरी स्थानीयले लामो समय देखी माग गरिरहेको भए पनि अहिले भने एक अस्थाई प्रहरी पोष्ट देखाएर नागरीकको आखाँमा छारो हाल्न खोजिएको प्रष्ट भएको छ । ईलाका प्रहरी कार्यालय पिपरा मातहत रहेको उक्त अस्थाई प्रहरी पोेष्टमा प्रहरी नहुदाँ नागरीकलाई पोष्ट देखाएर झुक्याउन खोजिएको हो ।
खोजिपुर सामुदायीक बनका अध्यक्ष दिपक थापाले भने ‘प्रहरी पोष्ट निमार्ण भएपछी प्रहरी बस्छ र हामी सुरक्षित हुन्छौं भन्ने लागेको थियो ।’ पोष्ट निमार्ण त भयो तर यहाँका समस्यासँगै सुरक्षा चुनौतीहरु उस्तै छन् । पोष्ट छ प्रहरी छैनन’् उनले भने ।
ईलाका प्रहरी कार्यालय पिपराको आग्रहमा वडा न. ९ को समन्वय तथा त्यहाँका सामुदायीक वनहरुको संयुक्त लगानिमा पोष्ट निमार्ण गरिएको थियो । भलवाडबाट हुने नदिजन्य पदार्थको अवैध चोरी पैठारी र अपराधजन्य घटना न्युनिकरणमा कमी ल्याउने उद्देश्य सहित स्थानीयको मागका आधारमा प्रहरी पोष्ट स्थापना भएको थियो । भलवाडमा रहेका विभिन्न सामुदायिक वनमा हुने काठको अवैध चोरी निकासी र नदिजन्य वस्तुको दिन दुई गुणा रात चौगुणाका दरले चोरी हुँदा समेत ईलाका प्रहरी कार्यालय पिपराको प्रत्यक्ष पहुँच पुग्न सकेको छैन ।
वडा अध्यक्ष कमल पौडेलले प्रहरी पोष्टको स्थाना पछि प्रहरीको पहुँच पनि पुग्ने र यस क्षेत्रमा हुने गरेका नदिजन्य पर्दाथ चोरी निकासिको समस्या हट्ने आस रहेको भए पनि उक्त समस्या समाधान हुन नसकेको बताएका छन् । उक्त पोष्ट निमार्णमा रु २ लाख ५० हजार रकम खर्च भएको थियो ।
यता इलाका प्रहरी कार्यालय पिपराले भने प्रहरी बस्ने गरि पोष्ट स्थापना नभएको बताएको छ । नियमित प्रहरी पठाउने काम भएको छ पिपराले भन्यो । गस्ती र केहि घटना हुदाँ तुरुन्त पुग्ने गरेको ईलाका प्रहरी कार्यालय पिपरामा कार्यरत सई हरि विष्टले बाताए । उनले भने “पोष्ट त राखियो तर बस्ने गरि राखेको हैन् ।” त्यो प्रकृया पुरा गरी अगाडी बढाउन सकिने उनको भनाई छ ।
उता प्रहरी पोष्ट स्थापना हुँदा उत्साहित भएका भलवाडका स्थानीय अहिले दैनिक बन्द अवस्थामा देखिने उक्त पोष्ट देख्दा भने निराश हुने गरेका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया