

तुलसीपुर कारागार : एक सय ८४ जना जबर्जस्ती करणीमा सजाय भोग्दै

दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिइन् ।
कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये एक सय ३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवामा छन् । जसमा एक बालक आश्रित छन् ।
यसैगरी लागुऔषधका एक सय १३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन् । साथै चार कैदी र १४ थुनुवा गरी १९ महिला छन् । साथमा एक आश्रित बालक पनि छन् ।
जिउ मास्ने मुद्दामा २१ कैदीबन्दी र पाँच थुनुवा रहेका छन् भने त्यस्तै चोरीमा २५, ज्यान मार्ने उद्योग र सवारी ज्यानका आठरआठ, अपहरण, डाँकाचोरीका छर छ, बैंकिङ कसुर ६, ठगी चार, हातहतियार,वन पैदवार तीनरतीन, बहुविवाह, आगलागी दुईरदुई ,रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनका अनुसार अप्राकृतिक मैथुनका चार, आललागीका दुई, खोटा चलान दुई, रकमहिनामिना एक र अन्य चार जना कैदीबन्दी कारागारमा छन् ।
तीन बालक आश्रित
कारागारमा तीन बालक आश्रित छन् । उनीहरु सबै पाँच वर्षमुनिका रहेको पनि नासु केसीले बताइन् । उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकी जमुना कँवरका तीन वर्षीय छोरा, लागुऔषधमा पूर्वपक्षका लागि थुनामा रहेकी तुलसीपुर– ६ की सुशीला श्रेष्ठका डेढ वर्षीय छोरा, बैंकिङ कसुरमा पूर्वपक्षका लागि कारागारमा थुनामा रहेकी एक महिलाका आठ महिनाकी छोरी रहेकी छन् । ती बालिकालाई जानकी गाउँपालिका बाँकेकी कुसुम थापाले तुलसीपुर कारागारमा नै जन्माएकी हुन् ।
२१ विदेशी कैदी
तुलसीपुर कारागारमा २१ विदेशी कैदी छन् । तीमध्ये अधिकांश भारतीय नागरिक छन् । जबर्जस्ती करणीका दुई, लागुऔषधका सात, हातहतियार तीन, चोरी दुई, सवारी ज्यान दुई, कर्तव्य ज्यान एक, बैंकिङ कसुर दुई, अप्राकृतिक मैथुन एक अपहरणका एक गरी २१ विदेशी कैदी रहेको कारागारका सूचना अधिकारी केसीले जानकारी दिइन् ।
खुला सिमानाका कारण भारतीय नागरिक व्यवसायका लागि नेपाल आउने र नेपाल आएको बेला आपाराधिक क्रियाकलापमा संलग्न हुने गरेको उनको भनाइ छ ।
महिला चिकित्सक नहुँदा समस्या
कारागारमा महिला चिकित्सक नहुँदा समस्या भएको महिला कैदीले बताएका छन् । “पुरुषका लागि चिकित्सक हुनुहुन्छ, तर महिलाका लागि छुट्टै चिकित्सक नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ”, एक महिला कैदीले भनिन् ।
तुलसीपुर कारागारका प्रमुख श्रीधर टण्डनले कारागारमा सरसफाइ, स्वास्थ्य, खेलकुद सामग्रीको अभाव रहेको बताए ।
उनले कैदीबन्दीका लागि कानुनी, ज्ञानवर्द्धक पुस्तकको अभाव रहेकाले सहयोग गरिदिन समेत सबैलाई आग्रह गरे । त्यस्तै मनोसामाजिक परामर्शका लागि डाक्टरको आवश्यकता रहेको पनि उनको भनाइ छ ।
तुलसीपुर कारागारका दुईवटा भवन छन् । हाल पाँच सय आठ पुरुष र १७ महिला गरी पाँच सय २२ कैदीबन्दी, २९ महिला र १३ पुरुषगरी ४२ थुनुवा छन् । रासस


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया