

कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था





काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुुर खड्काले कर्मचारीहरूलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्।
शनिबार सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री खड्काले मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेकाले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताएका हुन्।
‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिएर खुवाएको पेचिलो अवस्था छ। यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौँ,’ उनले भने।
मन्त्री खड्काले कर्णाली करिडोरलाई राष्ट्रिय योजनाका रूपमा अगाडि बढाउने प्रयास भइरहेको बताए। उनले उक्त करिडोर अगाडि बढाउनका लागि बजेटको अभाव रहेकाले छिमेकीसँग सहयोग मागिरहेको बताए।
‘कर्णाली करिडोरको सुरूङ मार्गका डिपिआरको रिपोर्टसहित केन्द्रको बजेट माग गरिएको छ। अहिले बजेट बन्दैछ । त्यसमा हामी छलफल गरिरहेका छौं। हामी दातृसंस्थाको खोजीमा छौं। ४०/४५ अरबको कूल बजेट छ। त्यसैले सकेसम्म त्यसलाई पुरै सडकलाई बहुवर्षे रूपमा ठेक्कापट्टा गर्न सकिन्छ कि भनेर छिमेकी मिज्ञराष्ट्रका सरकारसँग छलफल चलिरहेको छ,’मन्त्री खड्काले भने।
मन्त्री खड्काले नेकपा एमालेसँगको गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको दाबी गरेका छन्।
‘संसद विघटनलाई बैधानिक जामा दिने प्रयत्न नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसदमा आफ्नो अभिव्यक्त मार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौति दिनुभयो। आफूले गरेका असंबैधानिक कदमहरूलाई अदालतले असंवैधानिक कदहरूलाई स्वभाविक भन्नूभयो,’ उनले भने, ‘त्यही गठबन्धनबाट संविधान र लोकतन्त्रको रक्षा हुन्छ। त्यही गठबन्धनलाई लिएर शान्ति प्रक्रियाका काम पूरा गर्न सक्छौं।
उनले केन्द्रको मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताए। मन्त्री खड्काले कर्णाली प्रदेशमा चाँडै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया