

नागरिक उन्मुक्ति पार्टीबाट अलग भए सुरेन्द्र चौधरी





कपिलवस्तु । नागरिक उन्मुक्ति पार्टीबाट डा.सुरेन्द्र चौधरीले राजिनामाको घोषणा गरेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचन लडेका नेता चौधरीले सामाजिक सञ्जाल फेसबुकमा आफूले पार्टीबाट औपचारीक अलग भएको उल्लेख गरेका हुन ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज बाट नागरिक उन्मुक्ती पार्टी बाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु। नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियानताहरु सँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ। उत्तरदायि,समाबेशि , सहभागीता मुलक लोकतन्त्रको लक्ष्य र ध्ययको लागि नयाँ सिरा बाट राजनीतिक यात्राको लागि तयार रहन संपूर्ण शुभचिन्तक अभियानता, नेता हरुमा हार्दिक अपिल समेट गर्दछु।’
वैकल्पिक शक्ति निर्माण अभियानमा जुटेका सुरेन्द्र चौधरी टीकापुर राजबन्दी रिहाई अभियानको अगुवाई समेत गरेका थिए। कुनै बेला नेपाली कांग्रेसको विद्यार्थी संगठनमा रहेर काम गरेका उनले सामाजिक न्याय र समतामूलक समाज निर्माणको अभियानमा जुटिरहेको बताइरहेका बेला नागरिक उन्मुक् िपार्टी छोडेको घोषणा सार्वजनिक गरेका हुन् ।
देशका साशकहरुले थारु समुदायलाई हरेक तवरबाट कमैया बनाएको भन्दै उनले राजनीतिक गुलामीबाट माथि उठ्न थारुहरूलाई निर्वाचनका बेला आह्वान गरेका थिए । सम्पूर्ण थारुहरूलाई नागरिक उन्मुक्ति पार्टीबाट आफ्नो माग र एजेण्डा स्थापित गर्नुपर्ने उनको भनाइ समेत थियो ।
नागरिक उन्मुक्ति पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलमा चलिरहेको छ । आज शुक्रवार सकिने बैठकमा भने अरू छलफलभन्दा केन्द्रीय नेता सुरेन्द्र चौधरीले पार्टी परित्याग गरेको घोषणाले चर्चा पाएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया