साहारा सामुदायिक वनको २१औँ साधारणसभा : २२ जना जेष्ठ नागरिकलाई सम्मान

भलवाड । कपिलवस्तुको वाणगंगा ९ भलवाडमा रहेको साहारा सामुदायिक वनको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सम्पन्न साधारणसभामा वन कार्यसमितिका सचिव धनकला भुसालले प्रगति प्रतिबेदन र सह सचिव टेकेन्द्र जि.सि. ले आर्थिक वर्ष २०७८÷०७९ को ३९ लाख ५० हजार बराबरको आय –ब्यय सार्बजनिक गर्नुभयो । यस्तै कार्यक्रममा वनका लेखा समितिका संयोजक हिमलाल अधिकारीले लेखा प्रतिबेदन पेश गनुभएको थियो ।

साहारा सामुदायिक बनका अध्यक्ष नारायण बहादुर थापाले वनको आर्थिक वर्ष २०७९÷८० को वार्षिक लक्ष्य तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सामुदायिक बनले २२ जना जेष्ठ नागरिकलाई नगद रकम सहित दोसल्ला ओढाएर सम्मान गरेको छ भने १२ जना जना जेहेन्दार विद्यार्थीलाई नगद २ हजार रुपैँयाका दरले तात्रवृत्ती प्रदान गरेको छ । यस्तै पूर्व कार्यसमितिलाई पनि कदर पत्रबाट सम्मानित गरेको छ ।

कार्यक्रममा भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी ,जनजागरण सामुदायिक बनका अध्यक्ष देबिराम पौडेल ,पत्रकार बाबुराम रायमाझी, पुर्ब अध्यक्ष तथा सल्लाहकार कमल बेल्बासे, सल्लाहकार धुर्ब बहादुर रायमाझी, सब डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख बसन्त थापा लगायतले बनको संरक्षण सम्बर्द्धन गर्दै बनको दिगो बिकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

साहरा सामुदायिक बनमा २ सय ४३ बन उपभोक्ता आबद्ध छन भने २ सय ३६ दशमलव ५७ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । यसैबीच साधारणसभा सँगै वनको ७औँ अधिबेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि लालमणि अधिकारिको संयोजकमा ५ सदस्यीय निर्वाचन समिति गठन भएको निर्वाचन समितका सदस्य दुर्गा प्रसाद पौडेलले बताएका छन् ।

प्रतिक्रिया

खबर सबै