

कपिलवस्तुका न्यायाधीश गिरी बिरुद्ध पक्राउ पुर्जी, प्रहरी भन्छ, ‘अनुसन्धानकै क्रममा छौँ ‘





कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
वैवाहिक जबर्जस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो । यद्यपी यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले घटना अनुसन्धानकै क्रममा रहेको भन्दै यसबाहेक अरु भन्न नसकिने बताए ।
अदालतले भने उनलाई पक्राउ गर्न आदेश दिएको बताइएको छ । श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले उनको उजुरी समेत दर्ता गर्न नमानेपछि केही समय अघि उनी काठ्माण्डौमा समेत पुगेर अदालत र प्रहरी कार्यालय सम्म धाएकी थिइन् ।
उनले दिएको सोही उजुरीका आधारमा प्रहरीले न्यायाधीश गिरीविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेअनुसार अदालतले उक्त आदेश दिएको हो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया