टोलविकास संस्थाका अध्यक्ष अधिकारीले विपन्न परिवारलाई सहयोग गरी मनाए जन्मदिन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक टोल विकास संस्थाका अध्यक्षले आफ्नो जन्मदिनमा विपन्न एक परिवारलाई सहयोग गरी जन्मदिन मनाएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित सुनगाभा टोल विकास संस्थाका अध्यक्ष बसन्त अधिकारीले आफ्नो जन्मोत्सवको अवसरमा मंगलबार वडाको सुनगाभा टोलमा बस्ने पम्फा बि.कको परिवारलाई उनले सहयोग गरेका हुन् ।

वि.क परिवार आर्थिक रुपले आफूले अत्यन्त विपन्न परिवारको रुपमा देखेका कारण सामान्य दैनिक उपभोग्य समाग्री अन्र्तगत केही खाद्यान्न उपलब्ध गराएको अधिकारीले बताए । जन्मदिनलाई केही समाजिक कामसँग पनि जोडेर मनाउनुपर्ने सन्देश पनि दिन सकिने र जन्मदिन मनाउँदै गर्दा विपन्न परिवारलाई थोरै भए पनि रहत उपलब्ध गर्न सकिने भएकाले आफुले यसरी जन्मदिन मनाएको उनले बताए ।

उमेरले युवा अवस्थामा रहेका अध्यक्ष अधिकारी केही समय अघि वडा नम्बर ९ मा सम्पन्न भएको टोलविकास संस्थाहरुको पुर्नगठनका क्रममा सुनगाभा टोलका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका थिए । आफ्नो २९ औँ जन्मदिनका अवसरमा सोही टोलका पम्फा वि.कको निवासमै पुगेर अधिकारीले चामल, दाल, नुन, तेल लगाएका सामग्री सहयोग प्रदान गरेका छन् ।

उमेरले ६० वर्ष बढी भएकी पम्फा वि.क एकल महिला समेत हुन् । उनको परिवारमा नातिसँग उनी बस्दै आएकी छिन् । जन्मदिनमा अधिकारीले पम्फालाई करिब एक महिनाका लागि पुग्ने रासनपानी प्रदान गरेका हुन् ।

 

प्रतिक्रिया

खबर सबै