

कपिलवस्तुको बुद्धभूमिमा “एक शिक्षक एक ल्यापट” कार्यक्रम





कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को बार्षिक निति तथा कार्यक्रम अन्तर्गत आज सोमबार ल्यापटप वितरण गरिएको हो ।
३९ जना शिक्षकहरुमध्ये सोमबार ३२ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए । अन्य बाँकी ७ जना शिक्षकहरुलाई अन्य कार्यक्रमका बीच ल्यापट वितरण गरिने बताउँदै उनले भने, ‘५० प्रतिशत नगरको र ५० प्रतिशत स्वयम् शिक्षकको लागतमा “एक शिक्षक एक ल्यापट” कार्यक्रम अनुरुप ल्यापट वितरण गरियो ।’
कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापमा सुधार गर्न यस कार्यक्रमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उले विश्वास व्यक्त गरे ।
नगरप्रमुख केशव कुमार श्रेष्ठले शिक्षकलाई प्रविधिमैत्री बनाउन “एक शिक्षक एक ल्यापट” कार्यक्रम फलदायी भईरहेको बताए । शिक्षा क्षेत्रको विकासले मात्र समाज सकारात्मक दिशातर्फ उन्मुख हुने भएकाले शिक्षालाई समयानुकुल बनाउनुपर्नेमा उनले जोड दिए । शिक्षामा सबैको पहुँच भन्ने नारालाई पुरा गर्न नगर प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘शिक्षामा सरकारले ठूलो लगानी गरेको छ । नगरले पनि प्राथमिकताका साथ हेरेको छ ।’
उनले विगतका बर्षदेखि नै शिक्षामा गुणस्तरियता कायम गर्न नगरले यस्ता कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाए ।
बुद्धभूमि नगरपालिकाले हरेक बर्ष विद्यालय, शिक्षकसंगै विधार्थीलाई आवश्यक सामग्री वितरण गर्दै आएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया