

बाणगंगाकाे ठाकुरापुरमा स्कुटरकाे ठक्करबाट एक महिलाकाे मृत्यु



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा स्कुटरको ठक्कर बाट आज एक महिलाको ज्यान गएको छ । ठाकुरापुर निवासी ५४ वर्षिय लक्ष्मी न्यौपानेको उपचारको क्रममा बुटबलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बिहान ९ बजेर ४५ मिनेटको समयमा ठाकुरापुर स्थित तौलिहवा चारनम्बर सडकमा लु ७९ प ३६६० नम्बरको स्कुटरले ठक्कर दिदाँ न्यौपाने घाइते हुनुभएको थियो । उहाँलाई उपचारको लागि बुटबल लगिएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मृतक न्यौपानेको स्थाइ ठेगाना अर्घाखाँचीको शितगंगा १४ बौरी भएपनि विगत केहि समयदेखि ठाकुरापुर स्थित आफ्नै निवासमा बस्दै आउनुभएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया