

लायनद्धय कडेल र रानाले जिते ब्याडमिन्टनको उपाधी


कपिलवस्तु
लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको लायन्स सदस्यहरु बिचको मैत्रीपुर्ण व्याडमिन्टनको उपाधी लायनद्धय गिरीराज कडेल र भरत रानाको जोडिले हात पारेका छन् ।
फाइनल राउण्डमा लायनद्धय नवदत्त घिमिरे र बिकास न्यौपानेको जोडिलाई हराउदै कडेल र रानाले उपाधी हात पारेका हुन् । लायन्स क्लव अफ कपिलवस्तु २०२२÷२३ अन्तगर्तको बार्षिक कार्यक्रम अन्तगर्त प्रत्येक वर्ष लायन्स अन्तर व्याडमिन्टन प्रतियोगिता हुदैँ आएको छ ।
स्वास्थ्यका लागि खेल भन्ने नारालाई आत्मसाथ गर्दै प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा वाणगंगा नगर खेलकुद समितिका अध्यक्ष पदम सेनको प्रमुख अतिथियता रहेको थियो । प्रमुख अतिथिको आसनग्रहण सँगै बोल्दै सेनले लायन्स कपिलवस्तुले नेपालको ईतिहासमै सुनौलो अक्षरमा नाम दर्ता गरिसकेको बताउदै क्लवको प्रशंसा गरेका थिए ।
यस्तै लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष तथा ३२५ पि का डिस्टिक सेके्रटरी कृष्ण के.सीको विशिष्ट आतिथियता रहेको थियो । कार्यक्रममा बोल्दै खेलकुलले मित्रताको भावना अझै प्रगाढ बनाउने भन्दै कार्यक्रम आयोजना गरेकोमा क्लवको पदाधिकारीलाई अभार व्यक्त गर्नु भएको थियो ।
आयोजित प्रतियोगिताको दोस्रो स्थान नवदत्त घिमिरे र बिकास न्यौपानेले हात पारे भने तेस्रो स्थान ओम प्रकाश घिमिरे र सन्दिप भट्राइको जोडिले हात पारेका थिए ।
बिजेताहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
लायन्स क्लव अफ कपिलवस्तु २०२२÷२३ का अध्यक्ष रामशुभागे थारुको अध्यक्षता, प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य, लायन विकास न्यौपानेको कार्यक्रम संयोजत्व तथा सचिव शान्तराज गैरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा व्याडमिन्टन खेलाडी रमेश ग्यालेनले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया