

वाई-फाई विस्थापन गर्न बजारमा आयो ‘लाई-फाई’ प्रविधि




काठमाडौं । वाई-फाईकाे विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएकाे छ । बार्सिलाेनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा ‘प्योरलाइफाइ’ नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हाे ।
यस प्रविधिलाई हाल विद्यमान वाई-फाईको विकल्पको रुपमा हेरिएको छ । यस्तो प्रकारको प्रविधि विश्वमै पहिलो पटक सार्वजनिक भएको बताइएकाे छ ।
लाई-फाई नयाँ पुस्ताको वायरलेस प्रविधि हो, जसले रेडियो सिग्नलहरू प्रयोग गरेर डेटा प्रसारण गर्ने काम गर्छ । यो हाल विद्यमान वायरलेस कनेक्टिभिटीभन्दा छिटो र भरपर्दो हुने कम्पनीको दाबी छ ।
साथै यो हालको वाई-फाई र फाइभजी कनेक्सनभन्दा पनि सुरक्षित हुने कम्पनीले जनाएको छ । यसले हालको ८०२.११ वाई-फाईको स्ट्यान्डर्डसँगै आईईईई ८०२.११ बीबी (IEEE802.11bb) स्ट्यान्डर्ड पनि सपोर्ट गर्छ ।
सन् २०३० सम्ममा यो प्रविधि विश्वका ७० प्रतिशत डिभाइसहरूमा प्रयोग हुने अनुमान गरिएको छ । फाइभजी र वाई-फाईले लामो समयदेखि विद्यमान ट्राफिकको समस्या समाधान गर्न नसकेको र यी नेटवर्कहरू ह्याक हुने सम्भावना उत्तिकै भएकाे हुँदा लाई-फाईले सबैभन्दा सुरक्षित कनेक्सन प्रदान गर्ने बताइएको छ ।
विभिन्न सैन्य कार्यहरूमा यो प्रविधिको परीक्षण भइसकेको छ । सार्वजनिक रुपमा उपलब्ध हुने बित्तिकै यसको प्रयोग व्यापक रुपमा हुने कम्पनीको दाबी छ ।
- टेकपानाबाट साभार


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया