तेलमा ठगिको गुनोसो बढेपछि कपिलवस्तुका पेट्रोल पम्पमा अनुगमन

 कपिलवस्तु
कपिलवस्तुका आधा दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल र संचारकर्मी सहितको टोलीले जिल्लाका ३ पालिकाका ६ वटा पेट्रोल पम्पको अनुमगन गरेको हो।

नागरिक स्तरबाट पेट्रोलपम्पहरुले तेलमा ठगी गर्ने गरेको गुनासो बढेपछि जिल्लामा अनुगमन गरिएको जनाइएको छ । पेट्रोल पम्पले नाप र गुणस्तरमा ठगी गरेको भन्ने व्यापक जन गुनासो छ।

नाप तौल कार्यालय बुटवलका प्रमुख वरिष्ठ निरीक्षक शम्भु कुमार झा, प्रशासन कार्यालयका अधिकृत बावुराम पोख्रेल सहितको टोलीले कपिलवस्तु र बाणगंगा नगरपालिका तथा सुद्धोदन गाउपालिकामा रहेका पेट्रोल पम्पको अनुमगमन गरेको हो। वरिष्ठ निरीक्षक झाले जन गुनासो बढे पछि पेट्रोल पम्पको अनुगमन गरिएको बताएका छन् ।

कपिलवस्तु नगरपालिकाका शंकर पार्वती, चिन्नीलाल, पचेहराको आर्दश अटो मोबाईल्स, सुद्धोदन गाउपालिका – १ मा रिया आयल्स सप्लायर्स, बाणगंगा नगरपालिका– ४ मा लुम्बिनी पेट्रोलियम पम्प र वडा नम्बर ११ स्थित न्यु सिद्धार्थ डिजल्स सेन्टरमा अनुमन गरिएको हो।

टोलीले ६ वटै पेट्रोल पम्पमा डिजेल र पेट्रालको नाप जाच गरेको अधिकृत पोख्रेलले बताए । ६ वटै पेट्रोल पम्पमा नापको मात्रा ठिकै भेटिएको उनले बताए। टोलीले पट्रोल पम्पलाई सुरक्षाको उपायहरुका मापदण्ड पालना गर्न निर्देशन समेत दिएको थियो ।

यस्तै ३ वटा पेट्रोल पम्पलाई सक्कली प्रमाण पत्रका कागजात सहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन समेत गरेको पोख्रेलले बताए।

प्रतिक्रिया

खबर सबै