

वकिलमाथि पनि लाग्याे लगाम



काठमाडौँ
अभिव्यक्ति स्वतन्त्रताका पहरेदार कानुन व्यवसायीलाई प्रचारबाजीमा लगाम लगाउँदै केही दिनअघि मात्रै नेपाल बार काउन्सिलबाट जारी भएको नयाँ आचारसंहिताले धेरैको ध्यान खिंचेको छ ।
वकिल साँच्चिकै वकिल जस्तो देखिन आवश्यक भएको वर्तमान परिप्रेक्ष्यमा छ्याप्छयाप्ती सामाजिक सञ्जाल र मिडियामा दिक्क लाग्नेगरी देखापर्ने कानुन व्यवसायीलाई लगाम लगाउन सर्वाेच्च अदालतकोे फागुन १७ को स्वीकृतिसँगै नेपाल बार काउन्सिलले नयाँ आचारसंहितासहितको नियमावली २०७९ जारी गरेको छ।
फेसबुक, टिकटक, ट्विटरलगायतका सामाजिक सञ्जालमा वकिल मात्रै नभएर न्यायाधीशसमेत दिक्क हुनेगरी व्यक्तिगत घुमघाम, खानपिन, भेटघाट तथा मुद्दाका विषयमा चर्चा भइरहेको सन्दर्भमा आचारसंहिताको कोरामिनले कत्तिको काम गर्ने हो, पर्खाइकै विषय हो।
वकिललाई प्रचारमा मात्रै नभएर, पहिरन र व्यवहारमा समेत लगाम लगाउनेगरी आएको आचारसंहिता कत्तिको प्रभावकारी हुने हो र बिस्तारै त्यसले न्यायालय तथा अन्य क्षेत्रमा असर गर्ला कि नगर्ला परीक्षणकै रूपमा रहेको छ। बन्नेबित्तिकै र लागू भइनसक्दै पहिरनलगायतका विषयमा भने कानुन व्यवसायीहरूले फेरि पनि आचारसंहिताको विरोधमा सामाजिक सञ्जाल रंगाइसकेका छन्। याे खबर नागरिक दैनिकमा छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया