

प्रधानमन्त्री कप फुटबलको फाइनल पुग्न आज नेपाल र भुटान निर्णायक खेल खेल्दै


काठमाण्डाै
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।
समूह चरणको यो अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ ।
आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । लाओसले २ खेलमा ३ अङ्क तथा नेपालले एक खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।


खबर सबै
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया