कपिलवस्तुमा खाना पकाउन दाउराकै भर, गुइँठाको प्रयोग पनि उच्च

राजेन्द्र खनाल, कपिलवस्तु । राष्ट्रिय जनगणना, २०७८ अनुसार कपिलवस्तुका अधिकाशं परिवारले दैनिक खना पकाउन दाउराकै प्रयोग गर्ने गरेको पइएको छ ।

पछिल्ला वर्षहरुमा सिलिण्डर ग्यास र विद्युतीय चुलोको प्रयोगमा बढी जोड दिने गरिएको भए पनि राष्ट्रिय जनगणना तत्थ्याङ्मा भने कपिलवस्तुमा दाउराकै भर पर्ने परिवारको संख्या ठूलो छ ।

अक्सर (मुख्य रुपमा) खाना पकाउन प्रयोग गरिने इन्धनको रुपमा कपिलबस्तुमा काठ÷दाउराको प्रयोगको दर धेरै देखिएको हो । यहाँ दाउरालाई इन्धनको रुपमा प्रयोग गर्ने जनसंख्या ६२ हजार ५५६ जना छन् । यस्तै एल.पी.ग्याँसको प्रयोग गर्ने संख्या ४६ हजार १२२ जना छन् भने कपिलवस्तुमा बिजुलीको प्रयोगबाट खाना पकाउनेको संख्या जम्मा ८६५ जना छन् ।

यस्तै कपिलवस्तुमा गोबर गुइठालाई इन्धनको रुपमा प्रयोग गर्नेको संख्या पनि ठूलो छ । अझै पनि कपिलवस्तुमा १० हजार ६२ जनाले गुइठाको प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणनामा समेटिएको छ । यस बाहेक बायोग्याँस २ हजार ३४ जना, मट्टितेल ३० जना र अन्य १९२ जनाले खाना पकाउन इन्धनको रुपमा प्रयोग गर्ने गरेका छन् । जिल्लामा अक्सर बिजुलीको प्रयोग गर्ने जनसंख्या १ लाख १५ हजार ७४३ रहेका छन् ।

प्रतिक्रिया

खबर सबै