

राष्ट्रिय जनगणना : कपिलवस्तुमा पुरुष भन्दा महिला १३ हजार बढीले धेरै





कपिलबस्तु । राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तु जिल्लाको जनसंख्यामा समेत त्यसको असर देखिएको छ । पछिल्लो दश वर्षमा कपिलवस्तु जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर १ दशमलव ७ प्रतिशत रहेको छ ।
नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजामा कपिलबस्तुको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ रहेको छ । जस्मा महिलाको संख्या ३ लाख ४८ हजार २७४ र पुरुष ३ लाख ३४ हजार ६८७ जना रहेका छन् । कपिलबस्तुमा पुरुषको तुलनामा महिलाको संख्या बढि भएको छ । पुरुष भन्दा महिला १३ हजार ५८७ बढि रहेको तथ्यांकमा उल्लेख छ ।
बिगतको जनसंख्या भन्दा जिल्लाको अहिलेको जनसंख्या १ लाख ११ हजार २५ ले बढेको छ । २०६८ मा कपिलबस्तुको जनसंख्या ५ लाख ७१ हजार ९३६ रहेको थियो ।
यसैगरि कपिलवस्तुको जनघनत्व ३९३ छ भने जिल्लामा परिवार संख्या एक लाख २१ हजार ९४६ छ । औषत परिवारको आकार ५ दशमलव ६ रहेको छ । लैंगिक अनुपात जिल्लाको ९६ दशमलव १० प्रतिशत छ । यस्तै उमेरका आधारमा समेत जिल्लाको जनसंख्या निर्धारित गरिएको छ ।
कुन उमेर समुहको जनसंख्या कति ?
जन्मेदेखि ४ बर्षसम्मका उमेर समुहका ६८ हजार ६२७ जना, ५ बर्षदेखि ९ बर्ष उमेरसमुहका ७६ हजार ५६ जना, १० देखि १४ बर्ष उमेरसमुहका ७७ हजार ८९५ जना, १५ देखि १९ बर्ष उमेर समुहका ७५ हजार ८८० जना, २० देखि २४ बर्ष उमेर समुहका ६३ हजार ९९५ जना, २५ देखि २९ बर्ष उमेर समुहका ५५ हजार ७०३ जना, ३० देखि ३४ बर्ष उमेर समुहका ४७ हजार १३६ जना, ३५ देखि ३९ बर्ष उमेर समुहका ४५ हजार ३५ जना जनसंख्या रहेका छन् ।
यसैगरि, ४० देखि ४४ बर्ष उमेरसमुहका ३६ हजार ४५३ जना, ४५ देखि ४९ बर्ष उमेरसमुहका २८ हजार १३८ जना, ५० देखि ५४ बर्षका २६ हजार ५५१ जना, ५५ देखि ५९ बर्षका २१ हजार ३७ जना, ६० देखि ६४ बर्षका १८ हजार १०९ जना, ६५ देखि ६९ बर्षका १७ हजार १३५ जना, ७० देखि ७४ बर्षका १३ हजार ७७२ जना, ७५ देखि ७९ बर्षका ६ हजार ७१२ जना, ८० देखि ८४ बर्षका २ हजार ६८९ जना, ८५ देखि ८९ बर्षका ११ सय ४२ जना, ९० देखि ९४ बर्षका ४८७ जना र ९५ बर्ष वा सो भन्दा माथि उमेरका ४०९ जना रहेका छन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया