

नेविसंघले लगायाे बुद्धभूमी क्याम्पसमा ताला





कपिलवस्तु । फर्जी विद्यार्थीलाई स्ववियु निर्वाचनमा सहभागी गराएको भन्दै कपिलवस्तुको एक बहुमुखी क्याम्पस प्रशासन शाखामा नेविसंघले ताला लगाएको छ । नेपाल बिद्यार्थी संघ इकाई कार्य समिति बुद्धभूमिले जिल्लाको बुद्धभूमी क्याम्पस चौवन्नपूरमा ताला बन्दी गरेको छ । नेविसंघले बुद्धभूमी क्याम्पसको प्रशासन शाखामा ताला लगाएको इकाई सभापती जीवन प्रसाद भुसालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त बुद्धभुमी बहुमुखी क्याम्पसमा चैत्र ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लाई लक्षित गरी क्याम्पस प्रशासनले राजनैतिक ओतप्रोतको आधारमा शैक्षिक योग्यता नपुगेका विद्यार्थीलाई स्ववियु निर्वाचनमा सहभागी गराएको भन्दै ताला लगाइएको छ ।
क्याम्पस भर्ना लिएको र फर्जि कागजात मिलाई स्ववियु निर्वाचनमा एकलौटी गर्ने गराउने कार्यको घोर भ्रषनाका साथ शैक्षिक योग्यता प्रमाण पत्र अविलम्ब जाचबुझ र पारदर्शिता कायम नगरे सम्म क्याम्पस प्रशासनमा ताला बन्दी गरिएको इकाई सभापती जिवन प्रसाद भुसालले बताउनुभयो ।
साथै अध्ययन अध्यापन भने सुचारु रहने इकाई सभापती जिवन प्रसाद भुसाल ले बताउनुभयो । बुद्धभूमी क्याम्पसमा अनेरास्ववियुको समुह जितेको थियो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया