

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि : नेपाल र लाओस खेल्दै


काठमाण्डौ
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र लाओस खेल्दैछन् ।
खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा बेलुका ६ बजे सुरु हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ ।
प्रतियोगिताका लागि हिजो २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् । नेपालले सन् २०१६ पछि लाओससँग खेल्न लागेको हो ।
एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले जितेको थियो ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भए पनि नेपाली टोली खेलका लागि तयार रहेको बताएका छन् ।
नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।
एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखेको छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया