

क्रिकेटर सोमपाल कामीलाई चन्द्रकोट गाउँपालिकाले गर्ने भयो सम्मान



गुल्मी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले सम्मान गर्ने भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जन्मिएका क्रिकेटर कामीलाई पालिकाले ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।
नेपाल एकदिवसीय विश्व कपको क्वालिफायरमा पुग्दा क्रिकेटर कामी टोलीको सदस्य थिए । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै क्रिकेटर कामीलाई थप हौसला प्रदान गर्न पालिकाबाट सम्मान गर्न लागिएको चन्द्रकोटका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।
अहिले कामी प्रशिक्षणमा रहेका हुँदा उपयुक्त समय निकालेर उनको उपस्थितिमा एक कार्यक्रमका आयोजना गरेर सम्मान गरिने गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्व कप छनोटमा पुर्याउन सफल भएका छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ । उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया