

क्रिकेटर सोमपाल कामीलाई चन्द्रकोट गाउँपालिकाले गर्ने भयो सम्मान



गुल्मी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले सम्मान गर्ने भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जन्मिएका क्रिकेटर कामीलाई पालिकाले ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।
नेपाल एकदिवसीय विश्व कपको क्वालिफायरमा पुग्दा क्रिकेटर कामी टोलीको सदस्य थिए । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै क्रिकेटर कामीलाई थप हौसला प्रदान गर्न पालिकाबाट सम्मान गर्न लागिएको चन्द्रकोटका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।
अहिले कामी प्रशिक्षणमा रहेका हुँदा उपयुक्त समय निकालेर उनको उपस्थितिमा एक कार्यक्रमका आयोजना गरेर सम्मान गरिने गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्व कप छनोटमा पुर्याउन सफल भएका छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ । उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया