संगठनले हार व्यहाेरेपछि खत्रीले दिए एमालेबाट राजिनामा

कपिलवस्तु । नेकपा एमालेका युवा नेता सुशील खत्रीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेका छन् ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुले हार व्यहोरे पछि उनको याे राजिनामा आएको हाे ।सोही हारको जिम्मेवारी लिदै खत्रीले पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । उनी वि.सं. २०७३ सालमा सिद्धार्थ क्याम्पसको स्ववियु सभापति भएका थिए । यसपटक अनेरास्ववियुले क्याम्पसमा नेतृत्वदायी पदमा पराजय भाेकेपछि उनले राजिनामाकाे घाेषणा गरे ।

उनले एमाले जिल्ला पार्टीलाई बोद्धार्थ देख्दै राजीनामा दिएका हुन् ।खत्रीले सामाजिक सञ्जालमाराजिनामा सहितको पत्र सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

खबर सबै