

बाढी आएपछि कपिलवस्तुमा बगरे तरकारी खेती नष्ट





कपिलवस्तु । कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती बाढीले पुरेर नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको हो ।
शिवराज नगरपालिकाको अनुदानमा स्थानीय सफल कृषक समूहले नदीको किनारमा बगरे खेती गरेका थिए । करिब २२ कट्ठा जमिनमा लगाइएको खेती पूर्ण रूपमा क्षति गरेको समूहका अध्यक्ष सुग्रीव लोनियाले बताउनुभयो । बजारमा बिक्रीका लागि तयार भएका काँक्रा, लौका, तरबुजा, खरबुजा, करेलालगायत बालीमा बाढीले क्षति गरेको छ ।
“पानी पर्छ भन्ने समाचारमा सुनेको थिएँ । तर वर्षा याममाजस्तो ठूलो बाढी आउने कल्पना गरिएको थिएन । उत्पादन बिक्री गर्ने समयमा नोक्सानी भएको छ । अन्दाजी १६ लाख रुपियाँ बरावरको नोक्सानी भएको छ” लोनियाले भन्नुभयो ।
क्षति भएको खेतीको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापासहितको टोलीले अनुगमन गरेको छ । राहतको विषयमा कार्यपालिका बैठकमा छलफल गरिने नगरप्रमुख थापाले बताउनुभयो ।
गोरखापत्रबाट ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया