

मोतिपुर प्रगतिशिल युवा क्लवद्धारा विपन्न परिवारलाई आर्थिक सहयोग





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित मोतिपुर प्रगतिशिल युवा क्लवले वडाका दुई विपन्न परिवारलाई आर्थिक सहयोग रकम हस्तान्त्रण गरेको छ । परिवारका सदस्यकाे मृत्यु भई शोकमा रहेका वडाका दुई विपन्न परिवारलाई काजकृया खर्च बापत क्लवले उक्त रकम प्रदान गरेको क्वलका अध्यक्ष शंकर प्रसाद न्याैपानेले जानकारी दिनुभयो ।

मोतिपुर प्रगतिशिल युवा क्लवको सक्रियतामा उक्त रकम संकलन गरी विपन्न परिवारमा परेको शोकलाई शक्तिमा बदल्न क्लवले सहायता स्वरुप यो कार्यक्रम गरेको क्लवका अध्यक्ष न्यौपानेले बताउनुभयो । परिवारका सदस्यको निधनपछि शोकमा परेका परिवारले सहयोग रकम पाएपछि क्लवलाई धन्यवाद दिएका छन् ।
उक्त कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य हरिशंकर पौडेल, मोतिपुर फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी, मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शेषकान्त बेल्वासे लगाएतको उपस्थिति रहेको थियो ।
मोतिपुर प्रगतिशिल युवा क्लवले यस अघि पनि समाजका विभिन्न क्षेत्रमा विकास, सचेतना, मनोरञ्जन लगाएतका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस अघि उक्त क्लवले देउसी भैलोको रकमबाट वडाका विभिन्न स्थानमा सिसिटिभि क्यामेरा समेत जडान गरेको थियो ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया