

राप्रपाले भन्यो, ‘उपराष्ट्रपति चुनावमा पनि मतदान गर्दैनौँ’



काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । यसअघि राष्ट्रपति चुनावमा पनि कसैलाई मत नदिएको राप्रपाले पर्सि शुक्रवार हुने उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने भएको हो ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि विज्ञप्ति निकालेर राप्रपाले मतदान नगर्ने जानकारी गराएको हो ।
उपराष्ट्रपति चुनावमा चार जना उम्मेदवार रहेका रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जनता समाजवादीका उम्मेदवार रामसहायप्रसाद यादवलाई सघाउने बताइसकेका छन् । एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीकी उम्मेदवार ममता झालाई लोसपा र नागरिक उन्मुक्तिले सघाउने निर्णय गरेका छन् । जसपाकी प्रमिलाकुमारी यादवले यसअघि नै विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी गराउनुभएको छ ।
राप्रपाबाट प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ जना सांसद छन् ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया