

बिग्रिन थाले माइक्रोफिल्म




युगौँसम्मका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १८ हजार माइक्रोफिल्म छन्। तीमध्ये दुई सयवटा रिल पूर्ण रूपमा बिग्रिएका छन् भने करिब छ सय रिलमा समस्या देखिएको छ।
अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तापक्रम नमिल्दा वा रिलको गुणस्तरका कारण बिग्रिन थालेको हुनसक्ने बताउँदै भने, “विगतमा बत्ती गएका बेला तापक्रम कायम राख्ने प्रविधि थिएन। पहिलेका एसिडयुक्त रिलका कारण पनि समस्या उत्पन्न भएको हुनसक्छ।”
माइक्रोफिल्मलाई २४सै घण्टा १८ देखि २१ डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्ने हुन्छ। हाल ‘ब्याकअप’का कारण बत्ती गए पनि तापक्रम र आद्र्रतामा तलमाथि हुँदैन। रिलमा समस्या देखिएको दुई वर्षभित्र रिल कामै नलाग्ने गरी बिग्रिने समस्या देखिएको छ।
महानिर्देशक प्रधानाङ्गका अनुसार समस्या आएका रिलको गन्ध निकै अमिलो खालको हुन्छ। त्यसको गन्धले आँखा पिरो हुनुका साथै माइक्रोफिल्म राखिएको कोठामा प्रवेश गर्दा निसास्सिने अवस्था रहन्छ। भिनेगर जस्तो गन्धका कारण यस समस्यालाई ‘भिनेगर सिन्ड्रोम’ नामकरण गरिएको छ।
नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत सन् १९७० बाट नेपालभरि रहेका ग्रन्थ तथा लिखत सङ्कलन गरी माइक्रोफिल्ममा राख्न थालिएको हो। सुरुमा एसिडयुक्त रिलमा राख्ने गरिएकोमा सन् १९९५ देखि पोलिस्टरयुक्त रिलमा राख्ने गरियो। एसिडयुक्त रिलमा अम्लियपन उत्पन्न भई त्यसबाट रिलमा छापिएका सामग्री मेटिनेदेखि रिल नै पग्लिएर डल्लो पर्ने समस्या सिर्जना हुँदै गएको छ।
अभिलेखालयमा पुगेका अध्ययनकर्तालाई पोजेटिभ रिल उपलब्ध गराइन्छ र उनीहरूले माइक्रोफिल्म रिडरको सहयोगले रिलमा रहेका सामग्री पढ्ने गरेका छन्। पोजेटिभ रिल बिग्रिएमा नेगेटिभ रिलबाट प्रतिलिपि तयार गर्न सकिन्छ तर पोजेटिभ र नेगेटिभ दुवै पूर्ण रूपमा क्षति भएका दुई सय रिलको प्रतिलिपि तयार गर्न सकिने अवस्था छैन र ती नष्ट भएका ग्रन्थ तत्काल उपलब्ध हुनसक्ने अवस्था पनि छैन। यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया