बाणगंगामा गैर काष्ठ उत्पादक समुह र सरोकारवाला बिच अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा अन्तराष्ट्रिय दातृ निकाय र सामुदायिक वनहरुका बिचमा अन्तक्रिय कार्यक्रम गरिएको छ । सोमबार सामुदायिक वन उपोभोक्ता जिल्ला महासंघ (फेकोफन) को आयोजनामा बाणगंगा नगरपालिका वडा नम्बर ४ को शिव पार्वती सामुदायिक वनको सभाहलमा गैर काष्ठ उत्पादक समुह र सरोकारवाला बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । फरेष्ट एण्ड फार्म फ्यासिलिटी कार्यक्रम अन्र्तगत उक्त अन्र्तक्रियत गरिएको जनाइएको छ ।

कार्यक्रममा फेकोफनका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले कार्यक्रको उदेश्य माथी प्रकाश पारेका थिए । यस्तै कामर्यक्रममा मनकामना सामुदायिक वनका प्रतिनिधि पोष्टराज गौतम, शिव पार्वती सामुदायिक वनका अध्यक्ष यमलाल गिरी, जनजागृती सामुदायिक वन गोबडिहवाका अध्यक्ष हेमनाथ पौडेल, र मधुवन सामुदायिक वनका अध्यक्ष शान्त विक्रम पौडेलले वन क्षेत्रमा उत्पादन हुने जडीबुटी सदुपयोग र बजारीकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा फेकोफनका केन्द्रिय सचिव ठाकुर भण्डारीले समुदायमा विपन्न अवस्थाबाट पछाडि परेका नागरिकहरुको जिवनस्तर उकास्नका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताए । यस्तै यहाँका सामुदायिक वनहरुसँगको अन्तक्रियाका लागि अमेरिकाबाट आएकी कार्यक्रम प्रतिनिधि सोफीले आफू तीन वर्ष अघि आउँदा निकै उत्साहित रहेको भन्दै नेपालीहरु अन्य मुलुकका नागरिक भन्दा काममा बढी सक्रिय रहेको बताइन ।

कार्यक्रममा बाणगंगाका विभिन्न सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालाहरुको उपस्थिति सहित संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै