

स्ववियु चुनाव : बाणगंगा बहुमुखी क्याम्पसमा बाम–लोकतान्त्रिक गठबन्धनको तालमेल



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसमा बाम–लोकतान्त्रिक गठबन्धन भएको छ । आसन्न चैत ५ गते हुन थालेको स्ववियु निर्वाचनमा बाम–लोकतान्त्रिक विद्यार्थी संगठन बीच चुनावी तालमेल भएको हो ।
बाणगंगामा नेपाल विद्यार्थी संघले सभापति पाएको छ भने अनेरास्ववियूले सचिव र अखिल क्रान्तिकारीले कोषाध्यक्ष लिएर चुनावी सिट बाँडफाँड गरेका छन् । शनिबार तीन संगठनले मिलेर उम्मेदवारी दर्ता पनि गरेका छन् । नेविसंघले सभापतिमा सोना पाण्डेलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियूले सचिवमा छविलाल न्यौपाने र अखिल (क्रान्तिकारी) ले कोषाध्यक्षमा विष्णु पौडेललाई कोषाध्यक्षको टिकट दिएको छ । ७ प्रत्यक्ष सदस्यमा हुने निर्वाचनमा नेविसंघले चार, अनेरास्ववियूले दुई र अखिल (क्रान्तिकारी) ले एक जनालाई चुनावमा उठाएका छन् ।
समानुपातिक तर्फ भने तीन वटै संगठनले छुट्टा छुट्टै बन्दसूची पेश गरेका छन् । तीन संगठनलाई अखिल क्रान्तिकारी (विप्लव) ले समर्थन गरेको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया