

शिक्षा ऐन जारी गर्न लुम्बिनीका सरोकारवालाको आग्रह


बुटवल । लुम्बिनी प्रदेशमा संघीयताको मर्मअनुसार शिक्षा ऐन जारी गर्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् । आइतबार शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ–संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय समक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
उनीहरुले विधेयक सार्वजनिक गरी सरोकारवालाबीच छलफल सञ्चालन गरेर संघीयताको मर्म अनुरुप शिक्षा ऐन छिटोभन्दा छिटो लाउनु पर्ने माग गरेका हुन् । लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीतिभन्दा टाढा बस्नुपर्ने बताउँदै शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने बताए । शिक्षापत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्मविपरित केन्द्रीकृत मानसिकता हाबी रहेको बताए ।
समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, शिक्षानीति तथा अभ्यास केन्द्रका अभियान्ता टीका भट्टराई, मदरसा शिक्षा सुधार समाजका अध्यक्ष अब्दुल रउफ र अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रीद्रा जारी गरिएको अपिलमा शिक्षा ऐन ल्याउन तदारुकता नदेखाउनु नेतृत्वको अपरिपक्वता देखिएको उल्लेख छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया