उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम

काठमाडौँ । उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी ९जसपा०का रामसहाय यादव र प्रमिला कुमारी, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको मनोनयन दर्ता भएको थियो।

आज निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा उनीहरू चारैजनाको उम्मेदवारी कायम रहेको छ।

प्रतिक्रिया

खबर सबै