

‘छक्का पन्जा ४’ : कपिलवस्तुको ओसिसमा ‘हल फुल’





राजेन्द्र खनाल, कपिलवस्तु । गत शुक्रबार आर्थत फागुण १९ देखि देशभर नेपाली चलचित्र छक्का पन्जा ४ को प्रर्दँशन भइरहेको छ । कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको ओएसिस सिनेमामा शनिबार हाउसफुल नै भएको छ ।
छक्का पन्जा ४ हेर्न हलमा पुगेका दर्शकहरुले चलचित्र पूर्ण रमाइलो रहेको प्रतिक्रिया समेत दिएका छन । बाणगंगाका मनोज थापाले चलचित्र हेर्दा आनन्द आएको बताए । यता ओएसिसका संचालक टिमले पनि चलचित्रको प्रर्दशन राम्रो गइरहेको बताएको छ । दैनिक एउटा सो मा ५० देखि १५० सम्म दर्शकको साथ मिलिरहेको बताएको हो । गत सोमबार दीपक र दीपाको फिल्म ुछक्का पन्जा ४ु को दर्शन सलाम बोलको पहिलो गीत समेत सार्वजनिक भए सँगै यो चलचित्रले देशभर राम्रो दर्शकको साथ पाइरहेको छ । सोमबार सार्वजनिक भएको उक्त गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको सात नम्बरमा प्रवेश गरेको छ।
चुनावी माहोलमा खिचिएको गीतमा दुई रोचक कुरा देखिएको छ। एक अभिनेत्री स्वस्तिमा खड्काले बाबुछोरा (दीपक र राज) दुवैसँग रोमान्स गरेकी छन्। दीपकराज गिरी र राज आर्चाय हाँस्य टेलिशृंखला ‘तितो सत्य’ मा बाबुछोराको भूमिका देखिएका थिए। राज यसै फिल्मबाट ठूलो पर्दामा डेब्यू गरेका हुन ।
दोस्रो यस गीतमा ब्याकग्राउन्ड डान्सर सबै महिला छन्। हुन त अन्य फिल्मका गीतमा पनि ब्याकग्राउन्ड डान्सर महिला मात्र हुन्छन्। यस गीतमा रोचक कुरा के छ भने पुरूषको हुलियामा पनि महिला नै प्रस्तुत छन्। उनीहरूलाई दौरा सुरूवाल लगाएर गीतमा नृत्य गरिरहेको देख्न सकिन्छ।
डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य सुश्मा निरौला, वेदना राईलगायत कलाकारको नृत्य छ। यो फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन्। यसअघि ‘छक्का पन्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी थिइन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शनमा आएको हो । फिल्ममा नेपाली राजनिति र यसभित्रको घोचपेचलाई रमाइलो तवरले देखाउने प्रयास समेत गरिएको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया