बाणगंगाका २२ सामुदायिक विद्यालयले पाउने भए ७२ लाख बजेट

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले शैक्षिक पुर्वाधार तर्फ नगरका विभिन्न २२ वटा सामुदायिक विद्यालयहरुलाई ७२ लाख रुपैया बजेट प्रदान गर्ने निर्णय गरेको छ । आज शुक्रवार बसेको नगरको १३० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

त्यस्तै भौतिक पुर्वाधार तर्फ लागत सहभागितामा सम्पन्न गरिने योजनाका लागि नगरका ११ वटै वडामा २ करोड रुपैयाँ बाडफाँड गरिएको छ । त्यस्तै सामुदायिक भवन तर्फको १५ लाख रुपैयाँ नगरका विभिन्न ६ वटा समुदायिक भवन निर्माणको लागि बाँडफाडा गरिएको प्रवक्ता पौडेलले जानकरी दिनुभयो ।

यसैबिच सम्पन्न कार्यपालिका बैठकले रोजगारीको हक सम्बन्धी स्थानीय रोजगार निर्देशक समितिको गठन समेत गरेको छ । नगरपालिकाका मेयर चक्रपाणी अर्याल अध्यक्ष रहनुभएको छ भने उक्त समितिको सदस्यहरुमा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगर र सदस्य सचिवमा नगर रोजगार विभागका संयोजक किशोर थारु रहनुभएको छ ।

प्रतिक्रिया

खबर सबै