

राष्ट्रपति बनेका पौडेलको ६ दशक लामो राजनितिक यात्रा





नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिमा लागेको ६ दशकपछि देशको प्रमुख पदमा पुगेका छन्।
राष्ट्रपतिका लागि फागुन २५ मा भएको निर्वाचनमा पौडेल ३३ हजार ८०२ मतभार प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका हुन्। राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ।
उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।
राष्ट्रपतिमा निर्वाचित ७८ वर्षीय पौडेलले २०१६ सालमै राजनीति शुरू गरेका थिए। पोखरामा विन्ध्यवासिनी पाठशालामा अध्ययनरत रहेकै वेला विद्यार्थी संघमा आवद्ध भएका थिए। हिमालयन छात्र संघ र नेपाल संस्कृत छात्रसंघको सदस्य भएर विद्यार्थी राजनीतिमा लागेका थिए। त्यसपछि काठमाडौंको नन्दीरात्रि माविमा विद्यार्थी संघको संस्थापक अध्यक्ष बनेका थिए।
राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकार अपदस्त गरेपछि शुरू भएको प्रजातान्त्रिक आन्दोलनमा उनी पनि सहभागी भएका थिए। विद्यार्थी आन्दोलनका क्रममै उनी २०१९ सालमा पहिलो पटक गिरफ्तार भएका थिए।
त्यहि क्रममा २०२७ सालमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसंघ० को स्थापना भयो। उनी नेविसंघको संस्थापक सदस्य हुन्।
त्यसका सात वर्षपछि तनहुँबाट नेपाली कांग्रेसको सदस्यता लिँदै सक्रिय राजनीतिकमा लागे। २०३६ सालमा कांग्रेस तनहुँको उपसभापति भएका पौडेल २०४० सालमा केन्द्रीय सदस्य बने।
केन्द्रीय सदस्य बनेको २२ वर्षपछि कांग्रेसको महामन्त्री बने। त्यसलगत्तै २०६४ मा कांग्रेसको उपसभापति बनेका पौडेल संसदीय दलको नेता पनि चुनिए। २०७२ सालमा कांग्रेसको कार्यवाहक सहभापति भएर १३औं महाधिवेशन आयोजना गरेका उनी सपभातिमा भने शेरबहादुर देउवासँग पराजित भए।
पहिलो जननिर्वाचित सरकार अपदस्त भएपछि कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा ग¥यो। त्यसमा संलग्न रहेको आरोपमा पौडेल पनि २०१९ सालमा पक्राउ परे। त्यसयता विभिन्न आन्दोलनका क्रममा उनी पटकपटक जेल परे। पछिल्लो पटक २०६२(६३ सालको जनआन्दोलनसम्म गरी उनले १४ वर्ष जेलमा बिताएका थिए।
लामो राजनीतिक यात्राका क्रममा उनले राज्यका विभिन्न जिम्मेवारीमा बसेर काम गरेका छन्। बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि २०४८ सालमा भएको निर्वाचनमा उनी तनहुँ(१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए। त्यतिवेला उनी कृषि राज्यमन्त्री पनि बनेका थिए।
त्यस्तै, २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा तनहुँ(२ बाट सांसद बने। त्यतिवेला उनी प्रतिनिधि सभाको सभामुख बनेका थिए।
त्यसपछि २०५६, २०६४ र २०७० मा लगातार तनहुँ(२ बाट निर्वाचित भए। यो अवधिमा उनी सञ्चार, सिंचाई, गृह र शान्ति तथा पुनःनिर्माणसँगै उपप्रधानमन्त्री पनि बने।
२०७४ सालको निर्वाचनमा पराजित भएका पौडेल गत मंसीर ४ गते भएको निर्वाचनमा फेरि तनहुँ(१ बाट सांसद बनेका हुन्।
कांग्रेसमा समाजवादी चिन्तकका रुपमा पनि चिनिएका पौडेलले एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन्। नेपाली कांग्रेसको संक्षिप्त इतिहास, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, नयाँ सन्दर्भमा समाजवाद र अभिशप्त इतिहास उनका चर्चित पुस्तक हुन्। पत्रपत्रिकामा समसामयिक विषयमा लेख्दै आएका पौडेलले जेल जीवनका क्रममा भने कविता निबन्ध पनि लेखका थिए।
कांग्रेसभित्र समन्वकारी र मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका पौडेल ७८ वर्षको उमेरमा राष्ट्र प्रमुखको भूमिकामा पुगेका छन्।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया