

बाणगंगाको भर्तापुरमा पक्की बाँध शिलान्यास, १२० हेक्टर जमिनमा सिचाइ सुविधा पुग्ने





राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा एक सिँचाई आयोजनाको बिहिबार शिलान्यास गरिएको छ । वडा नम्बर ९ भलवाड भर्तापुर स्थित धिरी खोलाको पानीलाई भर्तापुरको खेतियोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने गरी निर्माण समेत सुरु गरिएको हो ।
जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय तौलिहवाबाट प्राप्त ३० लाख बजेटमा तत्काल स्थायी प्रकृतिको बाँध निर्माण सुरु गरिएको छ । स्थानीय युवा व्यवसायी तथा समाजसेवी रोमबहादुर खत्रीको पहलमा उक्त आयोजनाको बजेट प्राप्त भएपछि कुन्तामणी भुषालको अध्यक्षतमा एक निर्माण समिति गठन गरि सोही समितिको नेतृत्वमा बाँधको निर्माण थालिएको जनाइएको छ ।
भर्तापुर बाँध निर्माण आयोजनाका लागि तत्काल ३० लाख बजेट स्विकृत भई काम सुरु गरिएको भए पनि योजनाको पूर्णता दिनका लागि करिब ८० लाख लागत अनुमान गरिएको छ । बिहिबार शिलान्यास गरिएको आयोजनाले भर्तापुरको १२० हेक्टर खेतियोग्य जमिनमा सिँचाई सुविधा पुग्ने छ । कुल ३३ मिटर लम्बाई र ३ मिटर उचाईमा बाँध निर्माण हुने छ भने ५० मिटर नहर समेत बनाइने छ ।
उक्त सिँचाई योजनाको वडा अध्यक्ष कमल पौडेल, समाजसेवी हरिराज घिमिरे, नारायण खनाल, टोल विकास संस्थाका अध्यक्ष हरिबहदुर खनाल, वडा सदस्य चुरामणी अर्याल, निर्माण समितिका अध्यक्ष कुन्तामणी भुषाल लगाएतको उपस्थितीमा बाँधको शिलान्यास गरी काम समेत सुरु गरिएको छ । उक्त योजना आउँदो जेठ मसान्त सम्म सकिनुपर्ने भए पनि निर्माण समितिले बैशाखमै काम सक्ने जनाएको छ । अहिले सम्म अस्थाई प्रकृतिको बाँध लगाएर हरेक वर्ष सिँचाईको दुःख भोगिरहेका स्थानीयहरु पक्कि बाँध बन्न लागेपछि भने खुसी भएका छन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार












प्रतिक्रिया