
दुई–दुई कार्यकाल महिला राष्ट्रपति पाउनु मुलुककै गौरव होः एमाले सचिव

नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले नीति निर्माणको तहमा मात्र होइन, नेतृत्वमै पुग्नु महिला आन्दोलनको विशेष उपलब्धि भएको बताएकी छन् ।
‘हामीले संविधानमै समानताको ढोका खोलेका छौं । हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेका छौं । त्यसैले महिला नीति निर्माण तहमा मात्र होइन, नेतृत्व तहमा पनि पुगेका छन् । महिला सभामुख, प्रधानन्यायाधीश, मन्त्री मात्र होइन, दुई-दुई कार्यकालको राष्ट्रपति महिला बनाएका छौं । यो कम उपलब्धि होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै अर्यालले भनिन् ।
एमाले सचिव अर्यालले महिलाहरु बिस्तारै प्रधानमन्त्री बन्ने दिशातिर उन्मुख हुने पनि औंल्याइन् । उनले भनिन्, ‘महिलाहरु प्रधानमन्त्री मात्र होइन, हरेक ठाउँको नेतृत्व गर्न सक्षम छन् । गाउँगाउँमा जागरण आएको छ ।’
महिला हिंसा किन बढिरहेको छ भन्ने प्रश्नमा अर्यालले भनिन्, ‘हिजो घटना दबेर बस्थे भने आज उजागर हुन थालेका छन् । यसमा सञ्चारको भूमिका छ । समाजलाई सुसंस्कृत, जिम्मेवार र अनुशासित बनाउन सकिएको छैन । भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा अपराधीले उन्मुक्ति पाएका छन् । यसमा सरकार मात्र होइन आम नागरिक पनि सचेत हुनुपर्ने बेला आएको छ ।’


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया