सगरहवामा चैत २३ देखि राष्ट्रिय मूर्तिकला कार्यशाला हुने

कपिलवस्तु । कपिलवस्तु राष्ट्रिय मुर्तिकला कार्यशालाको समय एक महिना पछि धकेलिएको छ । फागुन २३ बाट आयोजना तयारी गरिएको उक्त कार्यशाला अब आगामी चैत २३ गते पूर्णिमादेखि हुने गरी कार्यतालिका परिवर्तन गरिएको हो ।

यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी गरिएको थियो । सगरहवा पुरातात्विक स्थल भएकाले त्यहाँ जियोफिजकल सर्भे गर्नुपर्ने, मूर्तिका लागि आवश्यक ढुंगा व्यवस्थापन गर्नुपर्ने तथा विद्युत्जस्ता अन्य प्राविधिक कामका लागि समय अपुग भएपछि कार्यशाला एक महिनापछाडि सारिएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको अध्यक्षतामा कपिलवस्तुको सगरहवामा विहिबार जनप्रतिनिधिसहित त्यस क्षेत्रका कार्यशाला सम्पन्न गर्न गठित समितिका संयोजकहरुको बैठकले चैत २३ गतेदखि कार्यशाला गर्ने गरी कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।

पुरातत्व विभागले सगरहवाको जियोफिजिकल सर्भे ९जमिनमुनि पुरातात्व संरचना भएरनभएको परीक्षण० गरेर प्रतिवेदन दिएपछि स्थान छनौट र ढुंगा व्यवस्थापनका लागि फागुन मसान्तसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया

खबर सबै