

विश्वकप जित्ने प्रत्येक खेलाडीलाई मेस्सीले दिए सुनको आईफोन



काठमाडौं
विश्वकप फुटबल विजेता अर्जेन्टिनाका राष्ट्रिय टिमका खेलाडी र अन्य सदस्यले सुनकाे आईफोन पाएका छन् । राष्ट्रिय टिमका कप्तानसमेत रहेका स्टार फुटबलर लिओनल मेस्सीले विजेता बनेको खुशियालीमा टिमका प्रत्येक सदस्यलाई उपहार दिएका हुन् ।
आफ्नो जीवनको सबैभन्दा ठूलाे खुशीकाे पल मनाउन मेस्सीले यस्ताे उपहार दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनले उल्लेख गरेको छ । स्मार्टफाेन कस्टमाइेजन सेवा दिँदै आएकाे कम्पनी ‘आईडिजाइन गोल्ड’ ले मेस्सीले अर्डर गरेअनुरूप ३५ ओटा सुनकाे आईफोन तयार पारेकाे थियाे ।
मेस्सीले विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई विशेष उपहार दिन चाहेको बताएपछि साे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन ल्याेन्सले प्रिमियम २४ क्यारेट गोल्डको आईफोन दिन सुझाव दिएका थिए । यसलाई स्वीकार गर्दै मेस्सीले टिमका सबै खेलाडी र अफिसियल सदस्यका सुनकाे आईफोन अर्डर गरेका थिए ।
यसपछि गत शनिबार कम्पनीले ३५ ओटा आईफोन १४ एस स्मार्टफोन डेलिभर गरेको थियो । उक्त आईफोन २४ क्यारेटको सुनले बनेको छ, जहाँ क्यामेराको छेउमा खेलाडीको नाम र जर्सी नम्बर छ भने एप्पल लोगोको ठाउँमा अर्जेन्टिना राष्ट्रिय फुटबल टिमको लोगो र तल ‘वर्ल्ड कप च्याम्पियन २०२२’ लेखिएको छ ।
मेस्सीले एउटा आईफोनका लागि एक लाख ७५ हजार पाउन्ड (करिब दुई करोड ७७ लाख रुपैयाँ) खर्च गरेको बताइएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया