
भोलि देखि कपिलवस्तुको ओएसिसमा दुई चलचित्र रिलिज हुँदै

कपिलवस्तु । वर्षकै ठूलो भिडन्त मानिएको ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ फिल्म भोलि देखि एकसाथ रिलिज हुँदै छन् ।
कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको ओएसिस सिनेमा हलमा समेत उक्त सिनेमा हेर्न सकिने भएको हो । रिलिजको पुर्व सन्ध्यामा देशभरबाट चलचित्र हेर्नका लागि अग्रिम टिकट बुकिङ भइरहेको छ । एक साताअघि नै बुकिङ खुलाएका दुवै फिल्मले रिलिजको पूर्वसन्ध्यामा दुबै चलचित्र आमनेसामने हुँदा चलचित्र प्रेमीहरुले कुन चलचित्र हेर्ने भन्ने दोधारमा समेत छन् ।
‘छक्का पञ्जा ४’ले देशभरका मल्टिप्लेक्समा बढी सो पाएको छ। तर यही सिरिजका पूर्व फिल्मको तुलनामा फिल्मको बुकिङ भने कमजोर देखिएको छ।
फिल्मले काठमाडौँका मल्टिप्लेक्समा साँझतिरका सोमा राम्रो अकुपेन्सी कायम गर्ने संकेत देखाएको छ। यता कपिलवस्तुको चार नम्बरमा रहेको ओएसिस सिनेमाले समेत शुक्रबार देखि चलचित्र हेर्न सकिने गरी दुबै चलचित्रको व्यानर सार्वजनिक गरेको छ ।
शुक्रबार मध्यान्ह १२ बजे, अपराहन्न ३ बजे र साँझ ६ बजेको समय छक्का पन्जा ४ले पाएको छ भने छ्ड्के २ ले दिउसो १ बजे, ४ बजे र साँझ ६ः३० बजेको समय पाएको छ । दुबै चलचित्र हर्न उल्लेख्य दर्शक हलम पुग्ने विश्वास गरीएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया