

लुम्बिनी प्रदेश सरकारलाई झट्का : लाेसपाले लिने भयाे समर्थन फिर्ता





कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप आजको प्रदेश सभा बैठक अगाडिन नै समर्थन फिर्ता लिने जानकारी दिए ।
उनले केन्द्रमा बनेको आठ दलीय गठबन्धनको सरकार बनाउन समर्थन फिर्ता लिन लागिएको बताए । यसैगरी, नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बुझिएको छ ।
नेकपा माओवादी केन्द्रले भने तत्काल समर्थन फिर्ता नलिने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आफूहरू राष्ट्रपतिको निर्वाचनसम्म कुर्ने रणनीतिमा रहेको बताए।
लुम्बिनीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र दुई स्वतन्त्र सांसदसहित ५८ सांसदहरूको समर्थनमा एमालेका लिला गिरी मुख्यमन्त्री बनेका थिए।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया